NAGC salutes our valued
sponsors and donars
Dikpal KC
Hi Time Smoke and Gift Shop
2374 Telegraph Ave
Berkeley, CA 94704
(510) 486-0988
Himalayan Flavors
1585 University Ave  Berkeley, CA 94703
(510) 704-0174
RVP Dhrubaraj Giri
Primerica Finacial Services
Albany
CA Reg: 3155308         1531 Russell Street #26 Berkeley, CA 94703 USA
NEPAL ASSOCIATION FOR GLOBAL COOPERATION
नेपाल विस्व सहयोग संघ
N      A     G     C
www.nepalassociation.net      Email: nagcglobal@yahoo.com, maninepali@yahoo.com 
Media Coverage
च्याप्टरहरू
समाचारहरु
Motherland NepaYou Tube Channel
http://www.youtube.com/user/
MotherlandNepal/videos.
Law Office of
Jeffery O'Brien
415-438-0229

Uttam Karki
Martinez, CA
510-620-4397

Gopal, Khendu and Karma 
Chulo Restaurant
2160 University Ave
Berkeley CA 94704


Mahadev and Kamala Lama
Holiday Nepal Travels
San Francisco
415-956-3900


Harihar Dahal
Casa Azteca Mexican
Restaurant
Cupertino, CA 95035
(408) 946-0466


Govind Shahi
Himalayan Treasures
and Travels
Pinole CA
510- 222-5307

Gyandip Lama
Red Chilli Restaurant
San Francisco
415-694-1388



Shekhar Thapa
YETI TECHNOLOGY
Fremont

Bhakta Thapa / Rajan Bartaula
Nepaligoods.com
California

Durga Dahal
Kathmnadu Kitchen
Sacaramento, CA
530-750-9999

Khagendra Dhungel
Everest Cafe
Albany CA
510-526-4915




Current media coverage of NAGC

सामुदायीक कार्यमा एनएजीसीको प्रतिवद्धता

विश्वभर छरिएर रहेका नेपालीका विच भाइचार अभिवृद्धि गर्दै विश्व शान्तिको अभियान संचालन गर्न सन् २००८ मा अमेरिकामा स्थापना भएको नेपाल विश्व सहयोग संघले वानासंगको सहकार्यमा सोलखुम्बुमा निर्माण गरिरहेको सामूदायीक भवनको निर्माण तिव्र गतिमा अघि बढिरहेको बताएको छ । पश्चिम अमेरिकामा रहेको नेपालीहरुको छाता संस्था वानासंगको सहकार्यमा कम्यूनीटि सेन्टर बनाउने निर्णय गतबर्ष गरिएको थियो । नेपालको सोलखुम्बुमा निर्माण हुने सो सामुदायीक भवनको लागी वानाका अध्यक्ष उत्तम कार्कीले आफ्नो जग्गा भवनको नाममा दान गरेका थिए भने केहि समय अघि सियाटलमा ५ हजार डलर सहयोग संकलन गरिएको थियो ।

संघका अध्यक्ष मणि नेपाली पनेरुले २०१७ को समिक्ष गर्दैे जारि गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “सिमित श्रोत साधन र समयका बावजुद सामाजीक अभियान, सास्कृतिक संरक्षण र संचारसंगको सहकार्य मार्फत एनएजीसीले महत्वपुर्ण सफलता हात पारिरहेको छ ।” बिशेष गरि साझेदारि कार्यक्रमहरु र संस्था विस्तारमा ठुलो प्रगति भएको एनएजीसीको दाबी छ । सनफ्रान्सिस्कोमा बन्न लागेको नेपाली सामुदायीक भवन निर्माण कार्यमा पनि आफ्नो गर्विलो उपस्थिति रहेको एनएजीसीले बताएको छ । त्यसैगरि दुबइको जेलमा रहेका नेपाली अमर बमलाइ बचाउने प्रयासमा प्रगति हासिल गरेका संस्थाले दाबी गरेका छ । एनएजीसीले अमर बचाउ अभियान संचालन गरेको थियो । संस्थाका अध्यक्ष मणि नेपाली पनेरु दुवइको जेलमा पुगी बमलाइ भेटेर आएका थिए । नेपाली अधिकारि समक्ष बमको बचाउको लागी पहल गर्न एनएजीसीले आग्रह गर्दै आएको छ । केहि महिना अधि राष्ट्रपति विद्यादेवि भण्डिारीले दुबइ भ्रमणको क्रममा अमर बमको रिहाको लागी त्याहाँका समकक्षि समक्ष आग्रह गरेकी थिइन ।

गत जुलाइमा एनएजीसीका अध्यक्ष मणि नेपाली पनेरु व्हइट हाउसबाट प्रेसिडेन्ट भोलिन्टियर अवार्डबाट विभूषित भए पछि संस्थाको प्रतिष्ठाले थप उचाइ हासिल गरेका ठहर गर्दै आगामी दिनमा थप प्रभावकारि कार्यक्रम योजना संचालन गर्ने संस्थाको विज्ञप्तिमा उल्लेख गरिएको । व्हइट हाउसले एनएजीसी मार्र्फत समाजीक क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत पनेरुलाइ प्रेसिडेन्ट भोन्टियर अवार्ड गोल्ड प्रदान गरेका थियो ।
नेपाली कलासंस्कृतिको प्रवर्धन र सुचनाको पहुँचमा विगत देखिनै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको एनएजीसीले हरेक बर्ष विभिन्न कलाकर्मीलाइ अवार्ड समेत प्रदान गर्दै आएको छ, सोहि कार्यलाइ थप विस्तार गर्नेक्रममा यसबर्षदेखि नेपालको प्रतिष्ठित मिडिया हाउस जनसवाल मिडिया नेटवर्कको सहकार्यमा एकहजार डलर राशिको एनएजीसी अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरेको छ । पुरस्कार रकम एनएजीसीका अध्यक्ष पनेरुले आफ्नो बुवाआमाको नाममा स्थापना गरको कोषबाट उपलब्ध गराउने र संयोजन तथा छनोटको सम्पुर्ण जिम्मेवारि जनसवाल मिडियाले गर्ने सहमति भएको छ । पुरस्कार छनोट सम्बन्धी सबै काम सकिएको र अव केहि दिनमा नै विजेता घोषण गरिने पनेरुले बताएका छन् । गत नोभेम्बरमा विभिन्न संचारमाध्यममा सुचना जारि गरि विश्वभरबाट आवेदन माग गरिएको थियो । “पुरस्कार वितरण कार्यक्रम डिसेम्बरमै गर्ने योजना भएता पनि नेपालको राष्ट्रिय चुनावको कारण केहि ढिलाइ भएको हो” पनेरुले भने ।
एनएजीसीको विश्वभर ३५ वटा देशमा शाखाहरु छन् भने निकट भविश्यमै स्पेन, पोर्चुगल, कतार र अष्ट्रेलियामा शाखा खोल्ने तयारि भैरहेको छ । संस्थाले आगामी मार्चमा अन्तराष्ट्रिय सम्मेलन गर्ने तयारि गरिरहेको पनेरुले जानकारि दिए ।





‘नेपाल विश्व सहयोग संघ’ एक आशाको किरण

रामजी बगाले /  विश्वव्यापी नेपाली एकता र हितको निम्ती प्रवासमा रहेका नेपालीको पहलमा स्थापना भएको एक अन्तरराष्ट्रिय संस्थाको नाम हो एनएजीसी अर्थात नेपाली एसोसीएसन फर ग्लोवल कोअपरेशन । यो नेपालको हित प्रवर्धनका खातिर गठित एक विश्वव्यापि संजाल हो । विश्वका ३० वटा देशहरुमा शाखाहरु विस्तार गरेको यो संस्थाले ७ वटा महासाखा पनि गठन गरेको छ जसले विश्वभरका देशहरुको सम्वोधन गर्दछ । एनएजीसी एक राष्ट्रियता को भावनाले ओतप्रोत गैर मुनाफामुलक सामाजिक संस्था हो जसको जुन लोकतान्त्रिक, शान्तिवादी, देशभक्त नेपालीहरुको साझा संगठनको रुपमा परिचित छ । राजनीति, धर्म, संस्त्रृmती जातजातीको बिभाजनले नेपाली एकतामा चुनौती थपीएको महसुस गर्दै त्यसलाइ निरुत्साहीत पार्ने र नेपाली कला, साहित्य, संस्कृती र पहिचानलाइ विश्वमा चिनाउदै एक सशक्त समाजसेवी संस्थाको पहिचान कायम राख्ने उदेश्यले सन् २००८ मा एनएजीसीको स्थापना भएको हो । विश्वभर छरिएर रहेका स्वाभिमानी नेपालीहरु एक होऔं भन्ने मुलमत्रका साथ क्यालिर्फोिनया यूएसए घोषणापत्र सहित अगाडी आएको नेपाल विश्व सहयोग संघ क्यालिर्फोिनया सेक्रेटरी अफ स्टेटमा दर्ता भई संयुक्त राज्य अमेरिकाको संघिय सरकारबाट समेत मान्यता प्राप्त गरेको छ ।

अमेरिकामा यो संस्थाले गरेको उत्कृष्ठ सामाजीक अभियानहरुको कदर गर्दै अमेरिकी राष्टपतिको कार्यालयले एनएजीसीका ग्लोबल प्रेसीडेन्ट मणि नेपाली पनेरुलाइ सन् २०१६ को प्रेसीडेन्ट भोलेन्टियर स्वर्ण पदकले विभूषित गरेको छ । अमेरिकी राष्टिपतिको कार्यलयले हरेक बर्ष सामाजीक सेवामा उत्कृष्ट काम गरेका संस्थाहरुलाइ यो पुरस्कार दिने गर्देछ । एनएजीसी यस्तो पुरस्कार पाउने नेपालीहरुको पहिलो संस्था हो । यसैबाट पनि यो सस्थाको गरिमा र योगदानको पुष्टि हुन्छ । ‘यस्तो प्रतिष्ठित पुरस्कार पाउनु हाम्रोलागी अहोभाग्य हो, हामीलाइ थप उर्जा मिलेको छ’ एनएजीसीका ग्लोबल अध्यक्ष मणि नेपाली पनेरु भन्छन् । एनएजीसी मार्फत गरेको सामाजीक कार्यका लागी पनेरुले नेपाल, अमेरिका लगायत विश्वका विभिन्न मुलुकहरुमा प्रतिश्ठित पुरस्कार तथा सम्मानहरु पाएका छन् ।
एनएजीसी नेपाली एकता र पहिचानमा विश्वास राख्दछ र विश्वभरका नेपालीको एकता मार्फत नै समृद्ध नेपाल निमार्ण सम्भब छ भन्ने मान्यता अनुसार यसले काम गरिरहेको छ । ‘हजारौँ बर्षको गौरवमय ईतिहास बोकेको सुन्दर शान्त नेपालका हामी वासिन्दाहरु समयको अन्तरालमा मलिन भएका छौं । देवकोटाको काव्य, अरनिकोको कला र जनक, बुद्धको ज्ञानले विश्वमा आफ्नो महत्वपूर्ण स्थान राख्ने हामी आज विश्वकै कमजोर राष्ट्रको अभिसाप भोग्न वाध्य छौं । तसर्थ अव हाम्रो पुर्नजागरण हुन जरुरी छ । अपसि मतभेदलाइ थाति राखेर एकता र सहकार्यको ढोका खोल्न पर्छ’ अध्यक्ष पनेरु भन्छन् ।
े एक अर्काको मौलिक मुल्य मान्यता र सन्कृतिको आदर गनुर्, हाम्रो राष्ट्रिय साँस्कृतिक सम्पदा जस्ता मौलिक नेपालीपनको संरक्षणको पहल गर्नै, विश्व भाइचाराको सिद्धान्त बमोजीम समाजीक कार्यलाइ जोड दिनु, र नेपालको विकासमा सहकार्य गर्नु एकएजीसीको प्रमुख ध्यय हो । एनएजीसीले यहि महान अभियान पुरा गर्नको लागी विश्वका विभिन्न सातवटा भूगोलहरुमा आफ्ना महाशाखाहरु मार्फत काम गरिरहेको छ । नेप्लीज एसोसीएसन फर ग्लोबल कोअपरेशन अर्थात नेपाल विश्व सहयोग संघले नेपाली एकता र समृद्धको लक्ष्य प्राप्तिको लागी प्रत्यक्ष रुपमा सदस्यता र साखाहरू बिस्तार गरेर, साझा उद्देश्य प्राप्त गर्न अन्य सस्थाहरूसँग साझेदारि गरेर र विभिन्नस्तरका स्थानिय, राष्ट्रिय र अन्तरराष्ट्रिय महासंघहरूको अवधारणालाई बिकसित गर्दै नेपालीहरू माझ एकता, भाइचारा र सहकार्यलाई बढावा दीईरहेको छ त्यसैले यो संस्थाको विभिन्न मुलुकहरुमा शाखा विस्तारको काम पनि तिब्र गतिमा भइरहेको छ ।

एनएजीसीले निकट भविश्यमै खाडि मुलुक मध्यमै सर्वाधिक नेपालीहरु रहेको कतार र पश्चिमी यूरोपको पोर्चुगल तथा स्पेनमा शाखा गठन गर्दैछ भने दक्षिण कोरिया र जापानमा पनि शाखा गठनको तयारि गरिरहेको छ । एनएजीसीको हाल अमेरिका च्याप्टर, यूरोप च्याप्टर, मध्यपुर्व तथा अफ्रिका च्याप्टर, दक्षिण एशिया च्याप्टर, ग्रेटर एशिया च्याप्टर, अष्टेलिया च्याप्टर र नेपाल च्याप्टर गरि सात च्याप्टरहरु सक्रिय छन् । यीनै महाशाखा अन्तर्गत विभिन्न देशहरुमा शाखा खोल्ने काम भैरहेको छ । यसरी एनएजीसीले विश्वव्यापी संजालमार्फत नेपालीलाइ एकीकृत गर्दे मुलुकको सर्वौपरि हितमा काम गरिरहेको छ । विश्वभरका स्वाभिमानी नेपालीहरु हो, मिलेर केही गरौँ, भन्ने नारा बोकेको यो संस्थाले हालसम्म विभिन्न महत्वपुर्ण सामाजीक, आर्थिक, सांस्कृतीक तथा बैचारिक अभियानहरु सम्पन्न गरेको छ जसको चर्चा यसरि गर्न सकिन्छ ।
एनएजीसीका उपलब्धिहरु :


क) दुबइमा अनाहकमा मृत्यु दण्डको सजाय सुनाइएका दार्चुला निवासी अमरबहादुर बमको जीवन रक्षाको लागि अन्तराष्ट्रिय रुपमा लबी गरिरहेको । अमर बचाउ ग्लोबल टास्क फोर्सको सचीवालय काठमाण्डौमा खोलेर दैनिक सूचना प्रवाह, बिचार गोष्ठीहरू, र्यालीहरू, हस्ताक्षर अभियान, पत्रकार सम्मेलन, जनचेतना कार्य्क्रम तथा सरकारलाई दवाव दिने कार्यहरू गरिरहेको ।
ख) नेपाली आप्रवाशी श्रमिकहरूको वास्तविक अवस्था पहिचान गरी स्थायी समाधान तर्फ ठोस पाइला चाल्न मलेसीया तथा यु ए ई का कामदारहरूको क्याम्पहरुमा स्थलगत निरिक्षण गरि नेपाल सरकारलाइ प्रतिवेदन वुझाएको ।
ग) नेपाली सामुदायीक केन्द्रहरूको स्थापनार्थ प्राविधिक र आर्थिक सहयोग गरेको । सनफ्रान्सिस्कोमा निर्मार्णाधिन नेपाली सामुदायीक केन्द्रको स्थापनाको लागी फन्ड रेजीगं कार्यक्रम संचालन गरि महत्वपुर्ण आर्थिक सहयोग प्रदान गरेको ।
घ) स्थानिय तथा राष्ट्रियस्तरका ख्यातीप्राप्त नेपभल तथा अमेरिकी कलाकारहरूलाई प्रोत्साहन गर्दै सामुदायीक भाईचाराको जगेर्ना गर्नाका साथै कला संकृतीको संरक्षण र सम्बर्धन गर्न अमेरिकाको क्यालिर्र्फोिनयामा रमझम हिमाली साँझ नामक सांस्कृतीक उत्सवको थालनी र निरन्तरता ।
ड) मध्यपूर्वमा समस्याम परेका झन्डै १००० जना नेपालीको उद्धारमा उत्कृष्ठ कार्य गरेको । यस बापत नेपाल विश्व सहयोग संघका मध्यपूर्व तथा अफ्रीका च्याप्टरका सस्थापक अध्यक्ष राजेन्द्र प्रसाद देवकोटा त्यहाँको राजदूतावास लगायत प्राय सम्पुर्ण स्थानिय नेपाली सस्थाहरुबाट सम्मानित समेत भएका थिए ।
च) नेपाली तथा अमेरीकी अपाङ्ग बिद्यार्थीहरूलाई लघु छाात्रबृती प्रदान गर्नाका साथै गरीव तथा जेहन्दार विध्यार्थीहरूलाई शैक्षिक भ्रमण तथा अत्यावस्यक शिक्षण सामाग्रीहरू प्रदान गरेर सहयोग पुर्याएको छ ।
छ) नेपाली संस्कृतीको जगेर्ना गर्न अमेरिकामै पहिलो नेपाली नेपाली फिचर फिल्म ‘कसम सगरमाथाको’ निर्माण गरि प्रदर्शन गरेको ।
ज) पस्चिम अमेरिकामा पहिलो पटक नेपाल महोत्सव सम्पन्न गरेको ।
झ) आपत बिपतमा परेका सम्पुर्ण नेपालीहरुलाई आकस्मिक सेवा पुर्याउने उद्देश्यले अंबासडर इमर्जेन्सी फण्डको स्थापना भएको छ जुन हाल क्यालिर्फोिनया र अमेरिका च्याप्टरमा लागु भएको छ । यस फण्डबाट मानव अधिकारवादी स्वर्गीय सुबास दर्नालको परीवारले आकस्मिक राहत पाइसकेका छन् ।
ण) नयाँपुस्तालाई नेपाली भाषा, संस्कृती हस्तानान्तरण गर्दै अन्य भाषी मित्रहरूलाई समेत नेपाली बोल्न प्रेरणा दिने उद्देश्यले नेपाली भाषा तथा संस्त्रृmतीको पाठ्यक्रम अमेरिकी राज्यहरू लगायत सँसारका बिभिन्न देशहरुमा निशुल्क बितरण भैरहेको छ सथै क्यालीफोर्नियाको पहिलो नेपाली भाषा पाठशालाइ पाठ्यक्रम तथा प्राविधिक सहयोग गरेको ।
त) कला, साहित्य, संगीत, समाजसेवा तथा पत्रकारिता जस्ता मानव जिवनका विविध आयामहरुमा महत्वपुर्ण योगदान दिने व्यक्ति तथा संस्थाहरुलाइ हरेक बर्ष एनएजीसी अवार्ड प्रदान गर्दै आएको जसमा विश्वविख्यात नोबेल पुरस्कार विजेता प्रोफेसर चाल्र्स टाउन्सलाइ समेत विभुषित गरिएको ।
थ) सन् २०१५ मा भारतले नेपालको संविधानको विरोधस्वरुप लगाएको अमानविय नाकाबन्दिको विरोधमा विश्वव्यपी प्रदर्शन गरेको ।
यसरि एनएजीसीले नेपाली एकात, राष्टिय संमृद्धि र समाजसेवाको भावनालाइ उच्च महत्व दिदै आफ्ना विश्वव्यापी कार्यक्रमहरु अधिबढाइ रहेको छ । मातृभुमी नेपाल र विश्वका सबै क्षेत्रमा राष्ट्रिय एकता, प्रजातन्त्र र मानव अधिकार लगायतका विषयहरुमा वकालत गर्ने यो संस्थाको नविन कार्यक्रम हो । ‘हामी विश्वभर छरिएर रहेका नेपार्ली दाजु भाई दिदी बहिनी लगायत नेपाललाई मायाँ गर्ने मित्रहरु समेतलाई एनएजीसीको विशाल परिवारमा सामेल समाजसेवा र राष्ट्रहितका लागी साझा सवालहरुमा मिलेर अधि बढ्न आव्हान गर्दछौं’ एनएजीसका विश्व अध्यक्ष मणि नेपाली भन्दछन् ।

http://janasawal.com.np/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5-%E0%A4%B8%E0%A4%B9%E0%A4%AF%E0%A5%8B%E0%A4%97-%E0%A4%B8%E0%A4%82%E0%A4%98-%E0%A4%8F/


एन ए जि जि अध्यक्ष पनेरुसँग सिङ्गापुरमा अन्तरकृया


नेपाल विश्व सहयोग संघ एन ए जि का सस्थापक अध्यक्ष तथा ग्लोबल टास्क फोर्सका सभापति मणी नेपाली पनेरु, एन ए जि सि ग्रेटर एसिया च्याप्टर का अधक्ष प्रभाखर पराजुलीको निमन्त्रणामा सिङ्गापुर भ्रमण रहनु भएको हाम्रो सिङापुर सम्वाददातले बताएका छन। पनेरुलाई च्याप्टर अध्यक्ष प्रभाखर पराजुलीले सिङ्गापुरको चाङी अन्तरराष्ट्रिय बिमान स्थलमा स्वागत गर्नु भयो। सो अवसरमा अध्यक्ष द्वय पनेरु तथा पराजुलीले सस्थाको प्रगती, भुकम्प ग्रस्त नेपालको पुनर्निर्माणको लागि भएका प्रयासहरु, तथा ग्रेटर एसिया क्षेत्रमा विध्यमान समस्याहरु बारे बिस्त्रित छलफल गर्नु भएको छ।
सोही अवसरमा हिजो साँझ फरवरि २८, २०१६ मा सम्ब्रिद्दीको को लागि एकता, एन ए जि सि को प्रतिवद्दता बिषयक छलफल तथा अन्तरकृया सम्पन्न भएको छ। सो कार्यक्रमा एन ए जि सि ग्रेटर एसिया च्याप्टर अध्यक्ष प्रभाखर पराजुलीले उपस्थित कम्युनिटी लिडरहरु तथा सहभागिहरुलाइ स्वागत गर्दै मणी नेपाली पनेरुको परिचय दिनु भएको थियो। अध्यक्ष पनेरुले एन ए जि को स्थापना, उद्देश्य, उपादेयता र सङ्क्षिप्त ईतिहास झल्काउने पावर प्वाइन्ट प्रस्तूती गर्दै, उपस्थित सम्पूर्ण सहभागिहरुलाइ एकता र सहकार्यको आव्हान गर्नु भएको छ। वर्तमान नेपाली समाजले भोग्न परिरहेको पिडाबाट द्रविभूत हुँदै पनेरुले एकता र सहकार्यले मात्र नेपालको अस्तित्वलाई जोगाउन सकिने र  नेपाली समाजको  उन्नती गर्न सकिने बताउनु भयो। सो अन्तरकृयामा पस्तूत गरिएका सामाग्रीहरुलाई सहभागिहरुले अत्यन्त अभिरुचीपूर्वक सुन्दै बिबिध बिषयमा जिज्ञासा र प्रश्नहरु राखेका थिए।
सोही अवसरमा पनेरुको सम्मानमा रात्री भोजको समेत आयोजना गरिएको थियो जस्मा एन ए जि सि का पदाधिकारी लगायत एन आर एन सिङ्गापुर नेपाली समाज लगायतका नेत्रित्व गण, बुद्दी जिवी व्यापारी तथा समाजसेविहरुको उपस्थिती थियो। हिमालयन रेस्टुराँ मा सम्पन्न सो रात्रीभोजमा रेस्टुराँ संचालक भिम बहादुर गुरुङले   खानाहरुको  स्पन्सर  गर्नु भएको थियो। कार्यक्रमलाई सफल बनाउन सहभागि र सहयोगिहरुलाई अध्यक्ष प्रभाखर पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको छ भने एन ए जि सि सस्थापक अध्यक्ष मणी नेपाली पनेरुले एन ए जि का पदाधिकारी, सदस्य, कम्युनिटी लिडरहरु र पराजुलीकी धर्म पत्नी इशा पराजुली, सुपुत्री रिता पराजुली तथा ज्वाँई हरी चन्द्र अधीकारी प्रती उहाँहरुको न्यानो आतिथ्यको लागि हार्दिक अभार प्रकट गर्नु भएको छ।



समाजसेवी उत्तम कार्की यु ए ई मा सम्मानित

पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्ष, नेपाल विश्व सहयोग संघका ग्लोबल अड्भाइजर तथा नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सल्लाहकार  समाजसेवी उत्तम कार्की यु ए ई मा सम्मानित हुनु भएको छ। उहाँलाई नेपाल विश्व सहयोग यु ए ई च्याप्टर तथा मध्य पूर्व च्याप्टरको  संयुक्त आयोजनामा एक उत्कृष्ट प्रतिनिधिमुलक समारोहको बीच प्रमुख अतिथी नेपाली समाज यु ए ई का अध्यक्ष सि पि सापकोटाले समानित गर्नु भएको थियो। आफ्नो निजी नेपाल  भ्रमणको सिलसिलामा यु ए  ई का मित्रहरुको आग्रहको सम्मान गर्दै उहाँ हिजो फरवरि २२ यु ए ई को दुबइ पुग्नु भएको थियो। सो भ्रमणमा नेपाल विश्व सहयोग संघका सस्थापक अध्यक्ष र ग्लोबल टास्क फोर्सका सभापति मणी नेपाली पनेरु पनि साथमा हुनु हुनुहुन्छ। उहाँहरुलाई नेपाल विश्व सहयोग  संघ मध्यपूर्व तथा अफ्रिका च्याप्टरका पूर्व सँयोजक् महा प्रसाद धिताल, यु ए आइ च्याप्टर उपाधक्ष अर्जुन तथा कोषाधक्ष भगवती न्यौपाने ले दुबइ अन्तर राष्ट्रिय विमान स्थलमा स्वागत गर्नु भएको थियो।

नेपाल विश्व सहयोग संघ यु ए ई का अध्यक्ष तथा मध्यपूर्व एवम अफ्रिका सँयोजक गोविन्द ढकालको सभापतित्वमा तथा नेपाली समाज यु ए ई का अध्यक्ष चन्द्र प्रशाद सापकोटाको प्रमुख आतीथ्यमा सम्पन्न सो कार्यक्रममा सम्मानित व्यक्तित्व उत्तम कार्की  तथा नेपाल विश्व सहयोग संघका सस्थापक अध्यक्ष मणी नेपाली पनेरु विशिष्ट अतिथीको रुमा आसिन हुनुहुन्थ्यो।  नेपाल विश्व सहयोग संघ यु ए ई का शिव पोखरेलले  रोचक रुपमा सन्चालन गर्नु भएको सो कार्यक्रममा एन ए जि सि मध्य पूर्व तथा अफ्रिका च्याप्टरका पूर्व सँयोजक् महा प्रसाद धिताल ले स्वागत मन्तव्य राख्नु भएको थियो।

समाज सेवी कार्किलाई चन्द्र प्रशाद सापकोटाले दोसल्ला ओडाउनु भयो  भने सभापती गोविन्द ढकालले राष्ट्रिय  गौरव सेवा सम्मान २०१६ले बिभुषित गर्नु भयो।  बिभिन्न संघ सस्थाको माध्यमबाट र व्यक्तिगत रुपमा समेत उल्लेख्य सेवा प्रदान गरेवापत सो सम्मान गरिएको हो। सो सम्मान प्राप्त गरे पछी भावभिभोर हुँदै कार्किले आफूले कल्पना समेत् नगरेको यो स्वागत र सम्मानलाई जीवनभर नभुल्ने भन्दै हार्दिक आभार प्रकट गर्नु भयो। सो अवसरमा बिशिष्ट अतिथी को आसनबाट बोल्दै नेपाल विश्व सहयोग संघ का संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले नेपाल विश्व सहयोगको उद्देश्य कार्यक्रम र उपादेयता वेर प्रकाश पार्दै सम्पूर्ण संघ सस्थाहरुलाई एकता र सहकार्यको लागि आव्हान गर्नु भयो। सो रात्रीभोज तथा सम्मान कार्यक्रममा नेपाल विश्व सहयोग संघ यु ए ई का अध्यक्ष गोबिन्द ढकाल, पूर्व  अध्यक्ष दिपक राज पौडेल, पूर्व मध्य पूर्व सँयोजक महा प्रशाद धिताल, कोषाधक्ष भगवती न्यौपाने, उपाधक्ष पौडेल उत्साहजनक सहभागीता रहेको थियो। सो कार्यक्रममा नेपाली जनसंपर्क समिती यु ए ई का सभापति तथा नेपाली काङ्रेसका महासमिती प्रतिनिधि चित्र बहादुर के सि, सुदुर पश्चिम सेवा समाज यु ए इ का अदक्ष्य शिव राज जैसी नेपाल पत्रकार महासंघ यु ए ई च्याप्टर, नेपाली समाज का महासचिव मणी भुर्तेल, गोर्खा समाजका कोषाधक्ष नारायण पन्त, व्यवशायी नारायण लम्साल एन आर एन एन सि सि यु ए ई का कोषाधक्ष सुर्य बस्नेत, समाज सेवी रामचन्द्र ढकाल, समाजसेवी उत्तम आधिकारि लगायत उल्लेख्य उपस्थितिमा सम्पन्न सो कार्यक्रम अत्यन्त सौहाद्रपूर्ण रहेको पर्वेक्षकहरुले बताए।

नेपाल प्रहरीका राष्ट्र सेवकहरु अमेरिकामा सम्मानित

अमेरिका क्यालिफोर्निया राज्यको सुन्दर नगरि सान फ्रान्सिस्कोमा एक नितान्त फरक खालको कार्यक्रम सम्पन्न भएको छ। पश्चिम अमेरिका नेपाली महासंघ(WANA) नेपाल विश्व सहयोग संघ (NAGC) तथा ग्लोबल इन्टर कल्चरल एक्स्चेन्ज, नेपालको संयुक्त आयोजनामा राष्ट्र सेवक द्वय ए आई जि पि केदार प्रकाश साउद तथा ए आ ई जि पि सुरेन्द्र बहादुर शाह जनसेवा सम्मानपत्र द्वारा सम्मानित हुनुभएको छ।नेपाल प्रहरीमा रही  लामो समयसम्म देश र जनताको सेवा गरी नेपाली समाजलाई गुन लाउनु भएबापत उहाँहरु सम्मानित हुनु भएको हो। एकै पटक नेपाल प्रहरीमा प्रवेश गर्नु भएका साउद तथा शाह झन्डै तीन दशकदेखी अनवरत रुपमा सेवारत हुनु हुन्छ। सधैं राजनैतीक नेताहरुको लागि कार्यक्रम राख्ने गरिएकोमा यस पटक राष्ट्र सेवकहरुको सम्मान खातिर यो बिशेष समारोह आयोजना गरिएको आयोजकहरुले बताएका छन।

सो समारोहको सभापतित्व आयोजक संस्था पश्चिम अमेरिका नेपाली महा संघका अध्यक्ष तथा लोकप्रिय र सम्मानित समाज सेवी उत्तम कार्कीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन एन आर एन एन सि सि यु एस् ए का मिडिया को अर्डिनेटर तथा अनेसास  क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सर्वग्य वाग्लेले रोचक ढङ्गले गर्नु भएको थियो। सो अवसरमा नेपाली जनसंपर्क समिती नर्दर्न क्यालिफोर्निया च्याप्टर कि उप सभापति लक्ष्मी कार्की, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णकी पूर्व अध्यक्ष हेमा पनेरु तथा ग्लोबल इन्टर कल्चरल एक्स्चेन्ज नेपालकी प्रतिनिधि तथा समाज सेवी कल्पना दाहालले सम्मानित व्यक्तित्वहरुलाई खादा लाएर सम्मान गर्नु भयो। तत्पस्चात आयोजक संस्थाहरु वानाका अध्यक्ष उत्तम कार्की, एन ए जि सि का अध्यक्ष मणी नेपाली पनेरु तथा ग्लोबल इन्टर कल्चरल एक्स्चेन्ज, नेपालका अध्यक्ष दुर्गा दाहालले संयुक्त रुपमा सम्मान पत्र प्रदान गर्नु भयो। सो अवसरमा ए आ ई जि पि केदार प्रकाश साउदकी धर्म पत्नी बन्दना रायमाझी साउदको पनि उपस्थिती थियो।

ए आ ई जि पि केदार प्रकाश साउदको जन सेवा सम्मान पत्रमा भनिएको छ, यहाँले  बिगत तीन दशक देखी नेपाल प्रहरिमा रही देश र जनताको अबिछिन्न सेवा गरी सम्पूर्ण नेपाली हरुलाई गुन लाउनु भएको छ।बिशेष गरी लागु औषधको ओसार पसार तथा प्रयोगले आक्रान्त समाजलाई सो बिकृतिबाट जोगाउन जुन इमान्दारी र निष्ठाको साथ काम गर्नु भएको छ, नेपाली समाज यहाँ सङ्ग सदा ऋणी रहने   छ।   त्यसै गरी अर्का सम्मानित व्यक्तितित्व ए आ ई जि पि सुरेन्द्र बहादुर शाह लाई बिगत लामो समयदेखी नेपाल प्रहरिमा रही देश र जनताको अबिछिन्न सेवा गरी सम्पूर्ण नेपाली हरुलाई गुन लाउनु भएको , बिशेष गरी अपराध अनुसन्धान र प्रहरी तालिमको क्षेत्रमा   पुर्याउनु भएको योगदान महत्वपूर्ण तथा प्रसँसनीय छ भन्दै सम्मान गरिएको उहाँको जन सेवा सम्मानपत्रमा उल्लेख छ।
सम्मानित व्यक्तित्वहरुले आफूले पाएको न्यानो आतिथ्य र सम्मान पाएको मा भाव बिहोर हुँदै हार्दिक आभार व्यक्त गर्नु भएको छ। उहाँहरुले आ आफ्ना अनुभवहरु बडो रोचक ढङ्गले सुनाउँदै नेपाल प्रहरी राष्ट्र र जनताको सच्चा सेवक भएको र राष्ट्रको हितलागी प्राण हत्केलामा राखी अगाडि बढीरहेको भाव व्यक्त गर्नु भयो। उहाँहरुले आयोजक संस्थाहरुलाई सो सम्मानको लागि हार्दिक धन्यवाद दिँदै सो बाट आफूहरुलाई अझ देश र जनताको सेवा गर्न हौसला मिलेको कुरा बताउनु भयो। सो अवसरमा ए आ ई जि पि केदार प्रकाश साउदले नेपाल प्रहरिको तर्फबाट आयोजकहरु मार्फत उत्तर क्यालिफोर्नियाका नेपालीहरुलाई एक मायाँ को चिनो प्रदान गर्नु भएको छ। सो मायाँको चिनोलाई नेपाली सामुदायिक भवन किने पछी सो भवनमा स सम्मान राखिने कार्यक्रमका सभापति तथा एन सि सि सँयोजक उत्तम कार्किले बताउनु भयो।
सो कार्यक्रममा आओजक संस्था ग्लोबल कल्चरल एक्स्चेन्ज नेपालका अध्यक्ष तथा समाजसेवी दुर्गा दाहालले स्वागत  मन्तव्य दिनु भयो भने अर्को आयोजक संस्था नेपाल विश्व सहयोग संघका संस्थापक  तथा अन्तर राष्ट्रिय  अध्यक्ष मणी नेपाली पनेरुले धन्यवाद ज्ञापन गर्नु भयो। कार्यक्रममा अन्य वक्ताहरुमा समाज सेवी बिष्णु शाह, नान्सका पूर्व कोषाधक्ष नारायण प्रशाद पोखरेल लगायतले  पाहुनाहरुको  स्वागत सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको कुरा व्यक्त गर्नु भयो। सो कार्यक्रममा नेपाली जन संपर्क समिती नर्दर्न क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, बरीष्ठ उपसभापती नारायण खनाल, उप सभापति लक्ष्मी कार्की, महा सचिव हरी भट्ट, कोषाधक्ष गोमा लिम्बु, तमाङ क्प अपरेशन सोसाइटीका अध्यक्ष कुमार डोङ, नान्सका पूर्व कोषाधक्ष प्रेम लामा, पत्रकार सुशान्त गैँडा, लस यन्जलस बाट एक देव शर्मा तथा कर्ण चन्द लगायत उल्लेख्य तथा प्रतिनिधिमुलक उपस्थिती रहेको थियो। कार्यक्रम पछी ए आई जि पि द्वय केदार प्रकाश साउद र सुरेन्द्र बहादुर शाहको सम्मानमा रात्री भोज सम्पन्न भएको थियो। सो कार्यक्रम स्तरिय, मौलिक र व्यवस्थित भएको भन्दै देशका गैर राजनैतीक व्यक्तित्वहरुको सम्मानको यो शिलसिलालाई निरन्तरता दिन पर्ने सहभागीहरुले बताएका छन।

वाना एन ए जि सि ले नेपालको पुनर्निर्माण गर्न संयुक्त पहल गर्ने

पश्चिम अमेरिका नेपाली महासंघ वाना र नेपाल विस्व सहयोग संघ एन ए जि सि ले गत अप्रिल २५ र मे १२ मा गएको बिनासकारी भुकम्पमा तहस नहस भएको नेपालको पुनर्निर्माणमा सघाउन सहकार्य गर्ने भएको छ। सो को लागि  वाना एन ए जि सि द्वारा  “रिबिल्ड नेपाल फँड” को नाममा चन्दा सँकलन, व्यवस्थापन र पुनर्निर्माणको लागि एक संयुक्त खाता समेत् खोलिएको छ।  ती सस्थाहरुले एक संयुक्त वक्तव्य निकाल्दै भनेको छ,”भुकम्पले आक्रान्त हाम्रो मातृभूमीमा हाम्रा प्रियहरुको आर्तनादले हामी सबैलाई आहत बनाइरहेकै छ। भुकम्पपीडितहरुको चहराइरहेको घाउमा राहतको मलम लगाउने प्रयासमा जो जती लाग्नु भयो तपाईंहरुलाई धन्यवाद छ, साधुवाद छ। यस् दु:खदघडीमा नेपालका मित्रहरुले जुन स हृदयता देखाइरहनु भएको छ सो सदा स्तुत्य छ।“
संयुक्त प्रयासको प्रथम चरणमा यही जुन २८ आइतवार बेनिफिट फर नेपाल नामक कार्यक्रम हुन गैरहेको पश्चिम अमेरिका नेपाली महासंघ वानाका नवनिर्वाचित अध्यक्ष उत्तम कार्किले जानकारी दिनु भएको छ।  सो कार्यक्रमलाई निशुल्क हल उपलब्ध गराउँदै बाजिलियन समुदाय सास्कृतिक सस्था बाजआर्टबाट सास्कृतिक कार्यक्रम गरी चन्दा उठाउन सहयोग गरिने कुरा सो कार्यक्रमका सहसँयोजक निक हार्बेले बताएका छन।
सो कार्यक्रममा बिनासकारी भुकम्प सम्बन्धी ब्रित्त चित्रदेखाउनका साथै पुनर्निर्माण परीयोजना बारे बिशेष प्रस्तूती हुनेछ। सो अवसरमा बाजिलियन तथा नेपाली सास्कृतिक कार्यक्रम देखाइने छ। सास्कृतिक सँयोजन, भोजन तथा कार्यक्रम  व्यवस्थापनमा समाजसेवि बिन्दु सापकोटा, पूर्ण शेर्पा तथा लक्ष्मी खरेल थापा लगायतको मह्त्वपूर्ण सहयोग रहेको कुरा पर्यवेक्षकहरुले जनाएका छन सो कार्यक्रमको प्रवेश शुल्क स्वादिष्ट नेपाली भोजन समेत गरी २० डलर राखिएको छ। १९०१ सान् पाब्लो याभन्यु,  बर्क्ली, क्यालिफोर्निया ९४७०३ मा सम्पन्न हुने सो कार्यक्रम बेलुका ५:१५- देखी १०:०० सम्म हुनेछ। भुकुम्प पीडित नेपालका प्रियहरुलाई सहयोग गर्न सो कार्यक्रमलाई हर तरहबाट सहयोग पुर्याउन अनुरोध गरिएको छ।

नेपाल विश्व सहयोग संघ NAGC भुकम्प पीडित नेपालको पुनर्निर्माण तर्फ उन्मुख

नेपाल विश्व सहयोग संघ NAGC ले बिनासकारी महाभुकम्पका पीडितहरुलाई राहत कार्य जारी गर्दै पीडित बस्ती र विध्यालयको पुनर्निर्माणमा जुटेको छ। राहत कार्य र पुनर्निर्माण समानान्तर रुपमा लानुपर्ने ठहर गर्दै प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा तथ्याँक सँकलन कार्य गर्नाका साथ विद्यालयहरुको सरसफाइ र काम लाग्ने सामानको पहिचान गरी सो को सरक्षण र व्यवस्थापनतिर पनि जुटेको छ।
NAGC ले गत अप्रिल २५ मा महा भुकम्प आएको लगत्तै एक प्रेस वक्तव्य जारी गर्दै सबै संघ सस्थाहरुलाई चन्दा संकलन् तथा राहतका कार्यहरु प्रभावकारी ढंग मा परिक्षालन गर्न सवन्वयात्मक भूमिकामा रहने घोषणा गर्दै सम्पूर्ण संघ सस्थाहरुलाई सवन्वय गर्न आव्हान गरेको थियो। सबै संघ सस्थाहरु सँग सहकार्य र सवन्वय गर्ने क्रममा एन आर एन, एन ए एन सि ई आर एफ, नेपाली जनसंपर्क समिती, अंमेरिका, ग्लोबल इन्टर कल्चरल, नेपाल लगायतका सस्थहरुसँग सहकार्य गरेको थियो।
एन ए जि सि ले आफ्ना स्वयम सेवकहरुको परिचालन् गर्दै अाफ्ना साधन र श्रोतले भ्याए सम्म भूकम्पको अती प्रभावित क्षेत्र भूकम्पको केन्द्रबिन्दु गोरखा र सोलुखुम्बुलाई प्राथमिकता दिएको थियो। यि जिल्लाहरुका अती प्रभावित क्षेत्रहरुमा एन ए जि ले त्रिपाल, औषधीहरु, कम्मलहरु तथा सोलर पावर जेनेरेटरहरुहरु उपलब्ध गराएको थियो। सोलुखुम्बुको अती प्रभावित गाउँहरुमा राहत उपलब्ध गराएकोमा सो क्षेत्रका  सभासद, पूर्व मन्त्री तथा नेपाली काङ्रेसका केन्द्रिय सदस्य  माननीय बल बहादुर  के सिले एन ए जि सि लाई प्रसँशा गर्दै एक धन्यवाद पत्र पठाउनु भएको छ। सोलिखुम्बु क्षेत्रमा एन ए जि सिको राहत बितरणको सँयोजन् सो सस्थाका आजीवन सदस्य तथा ग्लोबल अड्भाइजर उत्तम कार्कीले गर्नु भएको थियो।
एन ए जि सि ले आफ्नो रेस्क्यु मिसन अन्तर्गत कैलाश पनेरुको नेत्रित्वमा काठमाण्डौको साँखुमा काम गरेको थियो। त्यसैगरी बिचल्लीमा परेकी शांखु निवासि मुनु तामाङ्लाई उुदार गरी काठमाडौं टि यु टिचिङ हस्पिटलमा पुर्यएको थियो। त्यसै गरी भूकम्पमा पारी घाइते भएर सो अस्पातलमा भर्ना भईइरहेका बिरामीहरुको यतार्थ जानकारी लिएको थियो। एन ए जि सि प्रतिनिधिहरुले पचास जना बिरामीहरुलाई ताजा फलफूलको रस बितरण गरेको थियो।
NAGC ले नेपालमा गएको महा भुकम्प पीडितहरुलाई राहत दिन र पुनर्निर्माण गर्न अमेरिकामा कार्यरत सस्थाहरुसँग सहकार्य तिब्र पारेको छ । भुकम्पपीडितहरुलाई राहत दिन र पुनर्निर्माण गर्न अमेरिकामा चन्दा उठाउने कार्य जारी छ। यसै क्रममा गत अाइतवार मी ३१, २०१५ मा ग्लोबल कल्चरल एक्स्चेन्ज नेपाल, मन्डेला फ्यामिलि, स्पिरिचुअल सेन्टर नाफ्का NAGC लगायत सस्थहरु सरिक भई फण्ड् रेज कार्यक्रम सम्पन्न भएको छ। अधिकांश रुपमा अमेरिकी मित्रहरुको उपस्थिती रहेको सो कार्यक्रममा उत्कृष्ट न्रित्याङना द्वय सविना ढकाल र भविषा फुयालको न्रित्यले दर्शकहरुलाई मन्त्र मुग्ध पारेको थियो। त्यसै गरी सम्बन्ध म्युजिक अफ द वर्ल्ड टोली, शकिला अहमद, यन्टोन मिजरक र लाउरा बेरिहिल जस्ता मानिएका कलाकारहरुले पनि निशुल्क प्रदर्शन गरेका थिए। सो अवसरमा बिभिन्न कलात्मक सामाग्रीहरु लीलाम बढाबढ गरी चन्दा सँकलन गरिएको थियो। कार्यक्रम सँयोजक् दुर्गा दाहालको अनुसार कूल ८००० डलर चन्दा सँकलन भएको छ र अझै केही ठाउँहरुमा चन्दा सँकलन गरी पीडित क्षेत्रमा पुर्याइने छ।
एन ए जि सि का सस्थापक/ अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुले अमेरिकामा रहेका सम्पूर्ण विद्यालयहरु र अन्य निकायहरुलाई आफ्ना कामदारहरुलाई एक घण्टाको तलव बराबरको सहयोग गरी पुनर्निर्माणको पुनित कार्यमा सहभागि बन्न आव्हान गरेको छ। एन ए जि सि मुख्य कार्यालयले चन्दा संकलन कार्य जारी राखेको छ। सो सस्थाको औपचारिक वेव साइट www.nepalassociation.net मार्फत पेपाल, वा क्रेडिट कार्ड द्वारा चन्दा दिन सकिने बताइएको छ।





अमेरिकाको साक्रेमेन्टोमा भुकम्प पीडितको लागि ८००० डल्रर चन्दा सँकलन: नेपालको लागि एक घण्टा दिन आव्हान

नेपालमा गएको महा भुकम्प पीडितहरुलाई राहत दिन र पुनर्निर्माण गर्न अ मेरिकामा चन्दा उठाउने कार्य जारी छ। यसै क्रममा गत अाइतवार मी ३१, २०१५ मा ग्लोबल कल्चरल एक्स्चेन्ज नेपाल, मन्डेला फ्यामिलि, स्पिरिचुअल सेन्टर,  नाफ्का नेपाल विश्व सहयोग संघ NAGC लगायत सस्थहरु सरिक भई फण्ड् रेज कार्यक्रम सम्पन्न भएको छ। अधिकांश रुपमा अमेरिकी मित्रहरुको उपस्थिती रहेको सो कार्यक्रममा उत्कृष्ट न्रित्याङना द्वय सविना ढकाल र भविषा फुयालको न्रित्यले दर्शकहरुलाई मन्त्र मुग्ध पारेको थियो। त्यसै गरी सम्बन्ध म्युजिक अफ द वर्ल्ड टोली, शकिला अहमद, यन्टोन मिजरक र लाउरा बेरिहिल जस्ता मानिएका कलाकारहरुले पनि निशुल्क प्रदर्शन गरेका थिए। सो अवसरमा बिभिन्न कलात्मक सामाग्रीहरु लीलाम बढाबढ गरी चन्दा सँकलन गरिएको थियो।
संयुक्त फँड रेजर कार्यक्रमका सँयोजक् तथा काठमाडौं किचनका संचालक समाजसेवी दुर्गा दाहालले उपस्थित  सम्पूर्ण दर्शकहरु दाताहरु र सहयोगिहरुलाई हार्दिक धन्यवाद दिनु भएको थियो। सो कार्यक्रमको अर्को आकर्षण नेपालको  भुकम्प सम्बन्धी  पावर प्वाइन्ट प्रिजेन्टेसन थियो जसमा नेपालका भुकम्पले भत्केका ऐतिहासिक सम्पदा, स्कूल अस्पताल घाइतेहरुको दर्दनाक द्रीश्य देखाइेको थियो। सो पावरप्वाइन्ट हेरेर दर्शकहरुको आँखा रसाएका थिए भने दाताहरुको  मन पग्लेको थियो। सो पावर प्वाइन्ट प्रस्तूती  संगै नेपाल विश्व सहयोग संघ एन ए जि सि का सस्थापक अध्यक्ष मणी नेपाली पनेरुले सम्पूर्ण दाताहरु र सहयोगिहरुलाई हार्दिक धन्यवाद दिनु भएको थियो। पनेरुले  अमेरिकामा रहेका सम्पूर्ण विद्यालयहरु र अन्य निकायहरुलाई आफ्ना कामदारहरुलाई एक घण्टाको तलव बराबरको सहयोग गरी पुनर्निर्माणको पुनित कार्यमा सहभागि बन्न आव्हान गर्नु भएको छ।
कार्यक्रम सँयोजक् बरीष्ठ समाजसेवी दुर्गा दाहालको अनुसार कूल ८००० डलर चन्दा सँकलन भएको छ र अझै केही ठाउँहरुमा चन्दा सँकलन गरी पीडित क्षेत्रमा पुर्याइने छ। सो कार्यक्रममा मिराज बाँकेट हल जुटाउनुका साथै खानाको स्पोन्सर गरेर मिराज इन्डियन कुजन्ले नेपालीहरुलाई ठुलो गुन लाएको छ। कार्यक्रममा काठमान्डौ किचनका कामदारहरु र दाहाल परिवारको प्रसँशनिय योगदान रहेको थियो। सो अवसरमा उत्तर क्यालिफोर्नियाका बिभिन्न संघ सस्थाका अध्यक्ष लगायत लब्ध प्रतिष्ठित नेपालीहरुको उपस्थिती थियो।

नेपाल विश्व सहयोग संघ दक्षिण एसिया च्याप्टरमा पनेरू

बङलोर । नेपाल विश्व सहयोग संघ दक्षिण एसिया च्याप्टरको अध्यक्षमा सुरेश पनेरु चयन भएका छन् । बङलोरमा भएको दोस्रो अधिवेशनले पनेरूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै बङलोर घोषणापत्र जारी गरी सम्पन्न भएको हो ।अधिवेशनले च्यापटरको उपाध्यक्षत्रयमा पूर्ण राज अवस्थी, प्रदीप बिष्ट र प्रेमसिंह बिष्ट, महासचिवमा भोजराज अवस्थी, सचिबमा केशवराज भट्ट र कोषाध्यक्षमा राजेन्द्र प्रशाद भट्ट चयन गरेको हो ।
यसैगरी कार्यसमितिका सदस्यहरूमा माधब अवस्थी (दिल्ली ), जगदिस अवस्थी (दिल्ली), महेश सिंह (बङ्गलोर), कृष्ण साहु (मुम्बई) बिक्रम सिंह भण्डारी (पुने), शिवराज बडू (बङ्गलोर ) र दिपक राज पाण्डे (बङ्गलोर) चयन भएका छन् । अधिवेशनले च्याप्टरको सल्लाहकारहरूमा नारायण सिंह बुढा, मुरली कृष्णा (भारतीय नागरीक ) र जगदिस महासेठ (भारतीय नागरीक ) लार्इ चयन गरेको छ ।
बंलोर घोषणा पत्रमा संगठन विस्तार गर्ने, परिचय पत्रहरुको वितरण तिब्र रुपले गर्ने, नेपाली पर्वहरुमा आफ्नो नेपाली संस्कृति झल्काउने किसिमका कार्येक्रमहरु राख्ने, समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने सम्बन्धित निकायहरुमा पहल गर्ने, अलपत्रमा परेका नेपालीहरुलाई रोजगारीको लागि सहयोग गर्ने , चेलीबेटी बेचबिखन प्रथालाई रोक्न हँदै सम्मको प्रयास गर्ने जस्ता प्रतिवद्दताहरू व्यक्त गरीएका छन्। कार्यक्रमको उद्घाटन एनएजीसी अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले स्काइप मार्फत गर्नुभएको थियो।

https://www.onlinekhabar.com/2014/01/151121
२०७० पुष १८ गते १२:४५ मा प्रकाशित

नेपाल विश्व सहयोग संघ युएई शाखाले पुस्तक प्रकाशन गर्ने
दुवई, साउन १ – विश्व सहयोग संघ युएई शाखाले प्रवासी नेपाली श्रमीकहरुको आवाजलाई संगालेर श्रमीक साथी पुस्तक प्रकासन गर्ने भएको छ। प्रवासी नेपाली श्रमीकहरुको सफलता असफलता भोगाई समस्याहरुलाई सन्देश तथा चेतनाको रुपमा पुस्तक श्रमीक साथी प्रकासन गर्न लागिएको संघका अध्यक्ष दिपकराज पौडेलले बताए।
श्रमीकहरुको बिषयमा कुनै पनिसंग संगठनले व्याबहारिक रुपमा आवाज उठाउन नसकेको भन्दै संघले श्रमीक आवाजलाई सरोकारवाला सम्म पुर्याउन र श्रमीकहरुलाई जनचेतानात्मक ज्ञान दिन पुस्तक प्रकासन गर्न लागिएको पुस्तक प्रकासन संयोजक गोबिन्द ढकालले बताए।
सामाजिक भावनाले नेपाल र नेपालीको उथान सहयोगका निम्ति स्थापना भएको नेपाल विश्व सहयोग संघले प्रवासी नेपालीहरुलाई नेपाल र नेपालीहरु माझ संस्थागत सहयोग गर्न स्थापना भएको संघको युएई शाखाले आगिमी अगस्ट महिनामा पुस्तक प्रकासन गर्ने पुस्तकका सम्पादक समेत रहेका संयोजक गोबिन्द ढकालले बताए। पाठकको प्रतिक्रिया हेरेर पुस्तकलाई निरन्तरता दिने ढकालले जानकारी गराएका छन।

http://www.welovenepal.com/?p=66213

http://hknepal.com/deshbidesh/archives/3803

वाना एनएजिसि सामुदायिक केन्द्रको भवन निर्माण कार्यको शुभारम्भ

र्व घोषित वाना एनएजिसि सामुदायिक केन्द्रको भवन निर्माण कार्यको शुभारम्भ भएको छ। गत मे १२ मा सोलुखुम्बु केन्द्र बिन्दु पारेर गएको विध्वंशकारी भूकम्पले आक्रान्त सोलुखुम्बुको तिङ्लामा वाना एनएजि सामुदायिक केन्द्र निर्माण गर्ने निर्णय गरिएको थियो।
पश्चिम अमेरिका नेपाली महासंघ वाना तथा नेपाल विश्व सहयोग संघ एनएजिसिले संयुक्त प्रयासमा पुननिर्माण स्टार्ट अप कोषमा अरु थप रकमहरु जोड्दै सो पुनित कार्य सुरु गर्न लागिएको हो। सो परीयोजनाको लागि वाना अध्यक्ष उत्तम कार्की तथा एनएजिसि अध्यक्ष मणी नेपाली पनेरु गत मार्च २०१६ मा स्थलगत भ्रमण गरेर सोलुखुम्बुको तिङ्लामा भवन निर्माण गर्ने निर्णय भएको थियो।
सो प्रयोजनको लागि बिगतमा जस्तै दूबै संस्थाका अध्यक्षहरु सोलुखुम्बु जाने प्राव्धान भए पनि एनएजिसि अध्यक्ष आकस्मिक कारणले जानसक्नु भएको थिएन। पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्ष तथा परियोजनाका सभापति उत्तम कार्कीले सो परियोजनाका लागि जग्गा प्रदान गर्नु भएको छ जस्को मुल्य करिव २० लाख नेपाली रुपैयाँ भएको अनुमान गरिएको छ।
परियोजना सभापति कार्किलाई स्थानिय सोलुखुम्बु, तिङ्लाका नरनारीहरुले भव्य स्वागत गरेका थिए। कार्कीले आफ्नो नाममा भएको अब्बल दर्जाको जग्गा भवन निर्माणको लागि प्रदान गर्नु भएकोमा स्थानीय बासिन्दाहरु लगायत वानाकी संस्थापक अध्यक्ष उमा कार्की थापा तथा साझेदार संस्था नेपाल विश्व सहयोग संघका एनएजिसिका संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले हार्दिक अभार प्रकट गर्नु भएको छ।
दाता कार्कीले परीयोजना संचालक वाना एनएजि को लागि तिङ्ला सामुदायिक विकास केन्द्रले संचालन गर्ने व्यवस्था मिलाउँदै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सो संस्थाको दर्ता गर्नु भएको थियो। संस्था दर्ता प्रकृया पुरा भए पछी सो भवन निर्माणको लागी चाहिने जग्गा सामुदायिक बिकास केन्द्रको नाममा रेजिस्ट्रेसन गर्नु भएको छ। सो जग्गालाई बुल्डोजर लगाइ सम्याउने काम भईसकेको र निर्माण कार्य अब द्रुत गतिमा बढ्ने सो परीयोजना सुपरिवेक्षण टोलीका सदस्य रण बहादुर भण्डारीले बताउनु भएको छ।
“सम्बृद्दिको लागी एकता” भन्ने मूल नाराका साथ सुरु भएको सो संयुक्त अभियानको लागि स्ठानिय समाजसेवीहरुले उत्साहजनक रुपमा चन्दा दिन सुरु गरेका छन । सो पवित्र कार्यको लागि माननीय बल बहादुर के सी एक लाख एक, प्रकाश कार्की एक लाख, बिमल कुमार कार्की साठी हजार, बाबु काजी कार्की पच्चिस हजार, झनक सिंह कार्की पच्चिस हजार तथा ॐ सिंह कर्किले पच्चिस हजार चन्दा प्रदान गरेका छन् । यसै बीच समाजसेवी तथा सियाटलका लागि अवैतनिक वाणिज्य दूत ए सि शेर्पाले ४ हजार पाँच सय डलर प्रदान गर्ने घोषणा पस्चात सो परीयोजना समूहमा ठुलो उत्साह छाएको छ। सहयोग रकम जुट्ने क्रम जारी छ। प्रत्येक दाताहरुको नाम हल अफ फेममा स्थित मार्वलमा स-सम्मान नामहरु कुँदिने र विशेष दाताहरुको तस्वीर र प्रतिमा समेत खडा गरिने परीयोजना सुपरीवेक्षक तथा एन ए जि संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले बताउनु भएको छ।
पश्चिम अमेरिका नेपाली महासंघ वाना का अध्यक्ष, एनएजिसि निवर्तमान अध्यक्ष नेपाली सामुदायिक केन्द्र एनसिसि का संयोजक उत्तम कार्की उदार दाता र सम्मानित समाजसेविको रुपमा अमेरिकाभर प्रसिद्द हुनुहुन्छ। कार्की अमेरिकी राष्ट्रपती बराक ओबामाको हस्ताक्षर सहित बधाई पत्रकोसाथ प्रेसिडेन्ट भोलान्टियर सर्भिस अवार्ड स्वर्ण पदकद्वारा विभूषित गरेको थियो। कार्कीले अमेरिका नेपाल र बिभिन्न देशमा बिभिन्न सम्मान र अवार्ड प्राप्त गरिसक्नु भएको छ। परीयोजना सुरु गर्ने उद्देश्यले हाल नेपाल भ्रमणमा रहनु अध्यक्ष कार्कीले सो अवसरमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, स्वास्थ्य मन्त्री गगन थापा लगायत बिभिन्न मन्त्री तथा सांसदहरुसंग पनि भेटि नेपाली अमेरिकनहरु पिर मर्काहरुको बारेमा आफ्न धारणा राख्दै प्रवासी नेपालीहरुलाई सम्मानपूर्वक हेरिन पर्ने माग राखेका छन्।
http://www.newsnrn.com/%E0%A4%B5%E0%A4%BE%E0%A4%A8%E0%A4%BE-%E0%A4%8F%E0%A4%A8%E0%A4%8F%E0%A4%9C%E0%A4%BF%E0%A4%B8%E0%A4%BF-%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A5%81%E0%A4%A6%E0%A4%BE%E0%A4%AF%E0%A4%BF%E0%A4%95-%E0%A4%95/

नेपाल विश्व सहयोग संघको अधिवेशन सम्पन्न

यूएई– नेपाल विश्व सहयोग संघ युएईको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
यूएईको बरदुवईस्थित एभेरेस्ट होटलमा गत शुक्रबार सम्पन्न अधिवेशनले दिपकराज पौडेलको अधक्ष्यता रहेको पूरानो कार्यसमितिलाई विघटन गर्दै गोविन्द ढकालको अध्यक्षतामा  नयाँ कार्यसमिति गठन गरेको छ ।
गोविन्द ढकालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिका उपाध्यक्षमा अर्जुन शर्मा पौडेल, महासचिवमा शिव पोखरेल, सचिवमा होमनाथ न्यौपाने, सह–सचिमा मनोज भण्डारी, कोषाध्यक्ष वेदबहादुर थापा र सह–कोषाध्यक्ष भगवती न्यौपाने छन् । यस्तै सदस्यमा केदार लम्साल, राम चौरासिया, रघुनाथ ढुंगेल, नारायण शर्मा पौडेल चयन भएका छन् । अधिवेशन केन्द्रीय प्रतिनिधिका रुपमा संघका मध्यपूर्व तथा अफ्रिकी क्षेत्रका संयोजक महाप्रसाद धितालको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले विश्व सहयोग संघका सस्थापक अध्यक्ष मणि पनेरु नेपालीले पठाएको शुभकामना वक्तव्य बाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष ज्ञानेन्द्र कार्की जनप्रगतिशील मञ्च युएईका अध्यक्ष हेमन्त पौडेल, जनसम्पर्क समिति युएईका अध्यक्ष चित्र केसी, अर्घाखाची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्का, गोर्खा सेवा समाज युएईका अध्यक्ष भिम श्रेष्ठ, मगर संघ युएईका गिरमान थापा लगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा युएईमा रहेका स्थानीय कलाकार सुदिप गैरे, निश्चल श्री, सन्तोष थापा र आयुस चापागाईंले आ–आफ्नो प्रस्तुति देखाएका थिए ।
नवनिर्वाचित अध्यक्ष ढकालले अधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा संस्थाको मूल्य र मान्यताअनुरुप जनहितका पक्षमा गर्ने प्रतिबद्धता जनाए ।
http://kathmandutoday.com/2014/06/43871.html




नेपाल विश्व सहयोग संघ कोलोराडोको अमर बचाउ अभियान

जगन्नाथ गौतम । नेपाल विश्व सहयोग संघको आवहानमा संघको कोलोराडो च्याप्टरले संयुक्त अरब इमिरेट्सको दुबई जेलमा मृत्युदण्डको सजाय भोगिरहेका निर्दोस नेपाली नागरिक अमर बहादुर बमलाई बचाउने अभियान चलाएको छ ।
संयुक्त अरब इमिरेट्समा एकजना भारतीय नागरिकको हत्या प्रकरणमा समातिएका दार्चुला, धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित सेल्टर जेलमा मृत्युदन्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् । पेशाले सवारीचालक रहेका बम भारतीय नागरिकको हत्यामा संलग्न भएका हत्यारालाई गाडीमा चढाएर लैजादै गर्दा पक्राउ परेका हुन् । नेपाली नागरिक बम निर्दोष भएको भनेर ती हत्याराले लिखित रूपमा जनाएपनि अहिलेसम्म हजारौ पटक मर्दै बाँचिरहेका छन् । उनलाई जेलमा भेट्न जानेहरूसँग आफू कैयौं राती कहीले गोली हानेर मारेको कहीले फाँसी दिएको सपना देख्ने गरेको बताउने गर्छन् र आफू निर्दोष छु भनेर भल्भल्ती आसुँ झार्छन ।
निज बमले जनाए अनुसार बिवाह गरेको लगत्तैपछि कामको सिलसिलामा दिल्ली पुगेका बमलाई दिल्लीबाट एक जना भारतीयले राम्रो काममा लगाइदिने भनी दुबई पुर्याएका थिए । भिजिट भिसामा दुबई आइपुगेका बमलाई उक्त व्यक्तिले दुईजना भारतीयको निजी सवारी साधन चलाउने जागीरमा लगाइदिए । बमले दिएको जानकारी अनुसार जागीर शुरु गरेको १० दिन पनि नपुग्दै एक दिन ती दुवै भारतीयहरूले उनलाई इन्डियन क्लबमा जान भने । उनले दुबैलाई क्लबमा पुर्याए । उनीहरू क्लबमा पसे र बम बाहिरै गाडीमा उनीहरूलाई कुरेर बसे । केही बेरपछि उनीहरू बाहिर आए र गाडीमा बसेर फर्कने आदेश दिए । उनीहरूले बस्ने कोठामा पुगेपछि हामीले मान्छे मारेका छौं, छिटो भाग नभए पुलिसले तँलाई पनि समात्नेछ भनेपछि उनी त्रसित भई उनीहरूसँग भाग्दै शारजाह भन्ने शहरमा पुग्दा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । कानुनी उपचार नपाएका बमले अपिल गरेमा वा नेपाल सरकारले कुट्नैतिक पहल गरेमा उनी छुट्छन भन्नेमा सबैको विश्वास पाइए पनि हाल सम्म उनको लागि ठोस कार्य हुन सकेको छैन ।
नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय निर्देशक जगन्नाथ गौतमको प्रमुख आतिथ्यमा कोलोराडोमा अमर बचाउ कार्यक्रम एक समारोह बीच सम्पन्न भयो । उक्त कार्यक्रममा कोलोराडो स्थित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि र बरिस्ठ महानुभावको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गदै जगन्नाथ गौतमले मानव अधिकारको बारेमा प्रकाश पार्दै जिवन बचाउनु आँफैमा एक महान कार्य हो, त्यसमा पनि एक नेपालीलाई विदेशको माटोमा मृत्युको मुखबाट बचाउन सकियो भने हामी सबैको लागि गर्वको कुरा हुनेछ तसर्थ निर्दोस नागरिकलाई बचाउँ भन्दै सो को लागि सहयोगको लागि अपिल गर्नुभयो । नेपाल विश्व सहयोग संघका कोलोराडो च्याप्टरका सभापति कमल कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सभापति कार्कीले यस कार्यको लागि सहयोग गर्न सबै संग अनुरोध गर्नुभयो तथा सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो।
http://www.nepal24hours.com/np/archives/5409


एन.आर.एन. युएसए अमर बचाउ अभियानमा

बोस्टन प्रतिनिधि
बोस्टन – ।  लामो समय देखि दुबइको जेलमा रहेका मृत्यु दण्डका फैसला सुनाइएका अमर बहादुर बमलाइ बचाउने उद्देश्यले हिजो बोस्टनमा “अमर बचाउ अभियान सम्भावना र चुनौति” बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।
एन आर एन को संरक्षकत्वमा हालसालै गठित उच्च स्तरीय अमर बचाउ राष्ट्रिय समन्वय परिषद, यु एस ए बने पछि सो अभियानले थप प्रगति गर्न थालेको छ । परिषदकी सभापति उमा कार्की थापाको पहलमा क्यालिफोर्नियाको लस एन्जलस देखि सुरु भएको जनचेतना कार्यक्रम अब अमेरिकाका बिभिन्न राज्य र सहरहरुमा पनि सुरु भएका छन् । सो अभियानलाई सुत्रपात गर्ने नेपाल विश्व सहयोग संघका संस्थापक अध्यक्ष मणी नेपाली पनेरु अहिले अमेरिकाका बिभिन्न राज्यहरुको सद्भावना भ्रमणमा हुनुहुन्छ ।
एन आर एन एन सी सी यु एस ए का अध्यक्ष तथा परिषदका संरक्षक प्रल्हाद के. सी. को सभापतित्वमा भएको सो कार्यक्रममा ग्रेटर बोस्टन नेपाली सामुदायिक केन्द्रका (GBNC) अध्यक्ष लीला रावत, GBNC सचिव तथा हिमालयन लायन्स क्लबका सदस्य बिष्णु मणी आचार्य, अमेरिका फाउन्डेसनका राजाराम के सी, नेपाल अमेरिका फाउन्डेसनका युवराज रायमाझी, NWGN का प्रुडेन्स के सी ANF का नील के सी GBNC का सन्तोष के सी सन्ध्या के सी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रममा नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले अमर बमको बिषयमा बनाइएको बिष्त्रित पावर प्वाइन्ट प्रिजेन्टेसन प्रस्तूत गर्नु भएको थियो । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै के सी ले नेपाल विश्व सहयोग संघको आव्हानमा गठन भएको उच्च स्तरीय परिषदले भरखरै काम सुरु गरेको र संरक्षकको हैसियतले आफ्नो व्यक्तिगत र सस्थागत रुपमा पूर्ण सहयोग रहने बताउनु भयो । पनेरुले अत्यन्त छोटो समयको सूचनाको बाबजुद कार्यक्रमको आयोजना गर्नु भएकोमा प्रह्लाद के सी तथा वहाँको धर्म पत्नीलाई हार्दिक आभार प्रकट गर्दै उपस्थीत सम्पुर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद दिनु भएको थियो । सो छलफल तथा अन्तर क्रियाकार्यक्रम फलदायी भएको र प्राप्त सुझावहरूलाई परिषदमा प्रस्तूत गरी कार्यान्वयन गर्न आफ्नो इमान्दारी पुर्वकको सत्प्रयास रहने पनि पनेरुले बचनबद्द्ता प्रकट गर्नु भएको छ ।
सो अवसरमा ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष लीला बहादुर रावतलाई अमर बचाउ राष्ट्रिय परिषदकी सभापति उमा कार्की थापाले परिषद प्रवेश गर्न अनुरोध गरि लेखिएको पत्र परिषदका facilitator मणी नेपाली पनेरुले हस्तानन्तरण गर्नु भयो । सामान्य औपचारिकता पछि ग्रेटर बोस्टन नेपाली कम्युनिटी अमर बचाउ राष्ट्रिय सवन्वय परिषदमा प्रवेश गर्ने बताइएको छ । सो कार्यक्रममा अमर सम्बन्धी पोस्ट कार्ड र फ्लाएरहरू बितरण भएको थियो ।
उपस्थित जिज्ञाशुहरूले राखेको प्रश्नको जबाफ दिंदै पनेरुले भन्नु भयो – हाल सम्मको अनुसन्धानबाट अमरलाई मृत्यु दण्डबाट छुटाउने प्रमुख ३ उपायहरू छन् 1. उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने, 2. हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्यद्वारा माफी प्राप्त गर्ने । त्यसको लागि मोटो ब्लड मनी को आवश्यक्ता पर्दछ ।
भ्रमणकै सिलसिलामा पनेरुले एन आर एन एन सी सी क्यानडाका अध्यक्ष डा. बिनोद के सी तथा नेपलिज क्यानेडियन कम्युनिटी सेन्टरका अध्यक्ष लगायतका नेताहरू सँग टेलिफोन वार्ता गर्नु भएको थियो । क्यनडामा पनि अमर सम्बन्धी कार्यक्रम लिएर टोरोन्टो भ्रमण गर्ने योजना भए पनि प्राविधिक कारणले सो रद्द भएको कुरा पनेरुले बताउनु भएको छ । कार्यक्रम पश्चात पनेरु सोही राती बाल्टिमोर तीर लाग्नु भएको थियो । पनेरुको अमेरिकाको पुर्वी तटलाई (क्यानडाको सिमाना देखी सुदूर दक्षिण फ्लोरिडाको मायामी सम्म) छिचोल्दै अमर बचाउ अभियान वारे जन चेतना जगाउने र अन्य संघ सस्थाहरूसँग वार्ता गर्दै साझेदारी तथा सहकार्य गर्ने कार्यक्रम रहेको बताइएको छ ।

एट्लान्टामा मणी नेपाली पनेरु सम्मानित

हरिहर दाहाल, एट्लान्टा । नेपाली समुदायको लागि उत्क्रिष्ट योगदान गरे बापत नेपाल विश्व सहयोग संघका संस्थापक तथा अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु जर्जियाको एट्लान्टामा सम्मानित हुनु भएको छ। नेप्लिज एसोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अध्यक्ष राजा घलेले पनेरुलाई एट्लान्टा बासी नेपालीहरूको तर्फबाट एट्लान्टाको लोगो अङ्कित टोपी पहिरयाउनु भयो भने सोही संस्थाका उपाध्यक्ष धन तिमिलिसिनाले खादा ओडाएर सम्मान गर्नु भयो। सो अवसरमा नेप्लिज एसोसियसन इन साउथ इस्ट अमेरिकाकाका अध्यक्ष सन्जीव सापकोटाले सम्मान उपहार स्वरुप प्लेक प्रदान गर्नु भयो। कार्यक्रमको आरम्भमा नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका निवर्तमान अध्यक्ष राजा घलेले पनेरुको बहु आयामिक व्यक्तित्वमाथि बिस्त्रित प्रकाश पार्नु भएको थियो। सो कार्यक्रमको लागि उपाध्यक्ष धन तिमिल्सिनाको संयोजकत्वमा अमर बचाउ राष्ट्रिय सवन्वय परिषद का NASeA प्रतिनिधि मोहन बिष्ट, तथा लीला बहादुर कार्की सदस्य रहेको एक विसेष समिति बनेको थियो।
नेपाल विश्व सहयोग संघको आव्हानमा हालसालै गठन भएको अमर बचाउ राष्ट्रिय सवन्वय परिषदको फेसिलिटेटरको हैसियतले उहाँ अमेरिकाका पुर्वी राज्यहरूको सद्भवना भ्रमण गर्ने क्रममा उहाँ एट्लान्टा पुग्नु भएको थियो। नेप्लिज असोसियसन इन साउथ इस्ट अमेरिकाका NASeA का अध्यक्ष सन्जीव सापकोटाले पनेरुको स्वागत गर्दै आफ्नो निवासमा आतिथ्य प्रदान गर्नु भएको थियो। त्यसै गरि आफूलाई भावपुर्ण स्वागत र न्यानो आतिथ्य प्रति अध्यक्ष सापकोटा, निवर्तमान अध्यक्ष राजा घले तथा पनेरुका हितैषी मित्र अनिल कोइराला प्रति हार्दिक आभार प्रकट गर्नु भएको छ। सो अवसरमा पनेरुले अमर बचाउ अभियान सम्भावना र चुनौती बिषयक पावर प्वाइन्ट प्रस्तुती गर्नु भएको थियो।
नासियाका अध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महा सचीव लगायत अमेरिकाका दक्षिण पुर्वी राज्यहरू जर्जिया, अलाबामा, उत्तर क्यरोलायना, दक्षिण क्यारोलायना, फ्लोरिडा आदीको प्रत्यक्ष एवं बिधुतीय सहभागिता रहेको सो कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको प्रत्यक्ष दर्शीहरूले बताएका छन्। प्रस्तुती पस्चात जिग्यासुहरूले राखेको प्रश्नको जबाफ दिँदै पनेरुले बताउनु भयो, “यो भ्रमण अमरको लागि चन्दा अभियान नभैकन अमर बमको निर्दोषिता बारे जन चेतना जगाउने र अमर बचाउ राष्ट्रिय सवन्वय परिषदलाई ससक्तिकरण एवं बिस्तार गर्ने उद्देश्य रहेको बताउनु भएको छ।
यस क्रममा स्वत: स्फूर्त रुपमा चन्दा पनि उठिसकेको बताउँदै पनेरुले भन्नु भयो, “अमर बमको पिता कर्ण बहादुर बम र स्वयम् अमर बहादुर बमले कुनै पनि हत्कण्डा प्रयोग गरेर अमरलाई बचाउने अनुरोध् गरेका छन् र आफूहरूलाई के गरेर हुन्छ थाह नभएको बताएका छन।“ नेपाल विश्व सहयोग संघले अनुसन्धान गरि पत्ता लाउँदा अमरलाई बचाउने प्राथमिकताको आधारमा निम्न ३ उपायहरू रहेका प्रकाश पारियो।
१: उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने
२: हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्य द्वारा माफी प्राप्त गर्ने। त्यसको लागि मोटो ब्लड मनीको आवश्यक्ता पर्दछ।
३: हालको मुद्दालाई प्रभावकारी वकिल मार्फत उल्ट्याई कानुनी लडाईँ लड्ने। यो उपाय अन्य दुई उपायको तुलनामा कस्टप्रद, महँगो र लामो प्रक्रिया हुने कुरा अमर बचाउ अभियानमा चासो दिने संस्थाहरू र व्यक्तीहरूले आशंका व्यक्त गरे पनि त्यस सम्बन्धी प्रक्रिया अघि बढी सकेको छ।
युएईमा बिभिन्न संघ संस्थाहरू नेपाली समाजको नेतृत्वमा अमर बचाउ सवन्वय समिती बनाएर पहिला देखि नै कार्यरत थिए। सो सवन्वय समितिमा नेपाली समाज, नेपाल विश्व सहयोग संघ युएई, एनआरएन एनसीसी युएई, नेपाली जनसम्पर्क समिति युएई, नेपाली प्रवासी संघ यूएई, नेपाली एकता समाज यूएई, जनजाती महासंघ यूएई, पत्रकार महासंघ यूएई, रहेका छन्। त्यसै गरी नेपालमा नेपाल विश्व सहयोग संघ नेपाल, प्रवासी नेपाली सवन्वय समिति नेपाल र नेपाली समाज युएई सँलग्न सवन्वय समिति मार्फत व्यापक रुपमा जन चेतना र सरकार समक्ष जनदबाबमा सक्रिय रहेको छ। अमेरिकामा गठित अमर बचाउ राष्ट्रिय सवन्वय परिषदमा एन आर एन एन सी सी USA , NASeA, ANMA, WANA, डलास एभ्रेष्ट लायन्स क्लब, तथा बुढानिलकन्ठ स्कूलको पूर्व विध्यार्थीहरूको संगठन SEBS-North America र नेपाल विश्व सहयोग संघ, अमेरिका जस्ता प्रभावकारी संस्थाहरू रहेका छन्। परिषदमा अन्य संस्थाहरू पनि प्रवेस गर्ने निस्चित भएको छ।
हाल सालै नेपाली समाज युएई का अध्यक्ष कृष्ण ढकाल प्रवासी नेपाली सवन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डे तथा नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय उपाध्यक्ष तथा सेभ अमर इन्टरन्यास्नल नेट्वर्कका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद देवकोटाको संयुक्त नेतृत्वमा गएको प्रतिनिधि मन्डलले प्रधानमन्त्री बाबुराम भट्टराइलाई भेटेको थियो। भेट्मा प्रधानमन्त्री भट्टराइले अमरलाई बचाउने पहल गर्न आफू युएई जान तयार रहेको कुरा व्यक्त गरेका थिए। यसै क्रममा मणी नेपाली पनेरुले सम्पुर्ण संघ संस्था एवम् नेपाली दाजुभाई दिदि बहिनिहरूलाई अमर बचाउ अभियानमा सम्मिलित भएर प्राण जोगाउने जस्तो महान पुण्य कमाउन आव्हान गर्नु भएको छ।


युएईको दुबई जेलमा मृत्युदण्डको सजाय पाएका दार्चुलाका अमरबहादुर बमको परिवारलाई आर्थिक सहयोग

             (२०६९ ज्येष्ड २१, आइतवार)

दार्चुला - यु ए ईको दुबई जेलमा मृत्युदण्डको सजाय पाएका दार्चुला धारी ५ का अमरबहादुर बमको परिवारलाई नेपाल विश्व सहयोग संगठनले शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । अमर बमकी श्रीमती धनिसालाई शुक्रबार दार्चुलामा पुगेका संगठनका उपाध्यक्ष राजेन्द्र देवकोटाले ५० हजार आर्थिक सहयोग प्रदान गरेका हुन् । नेपाल विश्व सहयोग संगठन लगायतका संस्थाले बमको जीवन रक्षाका लागि अन्तरराष्ट्रिय क्षेत्रबाट दबाब सिर्जना गर्न 'अमर बचाउ अभियान' सुरु गरेका छन् ।
अमरलाई मृत्युदण्डको सजायबाट जोगाउन सहयोगको गुहार गर्दै आर्थिक समस्यामा डुबेको अमरको परिवार ऋण लिएर काठमाडांै पुगेको थाहा पाएपछि संठगनको तर्फबाट आर्थिक सहयोग गरेको केन्द्रीय उपाध्यक्ष राजेन्द्र देवकोटाले बताए । 'आर्थिक संकटमा परेको परिवारलाई अझ थप सहयोग गर्न खोजेका छौं,' उपाध्यक्ष देवकोटाले भने, 'अमरलाई उतै भेट्न जाने अवस्था आए पनि आर्थिक समस्या नपरोस् भन्ने संगठनको चाहना हो ।' अमरलाई मृत्युदण्डबाट जोगाउने पहल गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपति भेट्न डेढ महिनाअघि १५ हजारमा गहना बन्धक राखेर श्रीमती धनिसा र बुवा कर्णबहादुर बम काठमाडौँ गएका थिए ।
सदरमुकाम खलंगामा आयोजना गरिएको अमर बचाउ अभियानमा सहभागी जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि लगायतका सहभागीले अमरलाई फिर्ता ल्याउन देश विदेशमा रहेका नेपालीले लाग्नुपर्ने बताउँदै आफ्नो क्षेत्रबाट पहल गर्ने आश्वासन दिएका छन् । 'अमर सुदूरपश्चिमेलीको छोरो हो,' कार्यक्रममा सहभागी एमाले जिल्ल सदस्य शेरसिंह धामीले भने, 'घरको सन्तान फर्काउन केन्द्रीय तहमा कुरा गर्छौं ।' अमरलाई मृत्युदण्डको फैसलापछि घरको आर्थिक अवस्था अत्यन्त दयनीय हुन पुगेको छ । कर्ण बमका दुई छोरा रोजगारीमा भारततिरै बस्दै आएका छन् । ६५ वर्षीय कर्ण बमले परदेशमा मृत्युदण्डको सजाय पाएर जेलमा रहेको माइलो छोरो अमरसँगै बुहारी र घर गुजारा चलाउने चिन्तासमेत थपिएको बताए ।
राष्ट्रपति र प्रधानमन्त्री भेटेर फर्किएका अमरका बुवा कर्ण र धनिसालाई अमर फर्किने थोरै आशा जागेको छ । 'उहालाई (अमरलाई) राम्ररी चिन्नै पाएकी छैन, बिहे भएको महिना दिनपछि घर आए पासपोर्ट बनाएको पनि कसैलाई जानकारी दिएनन,' धनिसाले भनिन्, 'चार वर्षदेखि फोनमा मात्रै कुराकानी हुन्छ, अब त मुख देख्न पाइने आशा छ ।' बिहे गरेको २५ दिनमा रोगजारीका लागि भारत गएका बम महिना दिनपछि पासपोर्ट बनाउन एक दिनका लागि घर फर्केका थिए । 'देशकै ठूला मान्छेले पहल गर्छौं भनेका छन,्' कर्णले भने । सन् २००३ मा भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न आरोपमा ३४ वषर्ीय बमसहित दुई भारतीयलाई दुबई अदालतले मृत्युदण्ड सुनाएको हो । बमसँगै भारतका मनोज मुदाना, करनसिंह राजपुत र स्मद कुलतलाई मृत्युदण्ड सुनाइएको थियो ।

http://www.arghakhanchi.com/index.php?action=news&id=PWt6TTVrVE0=


महामानव चार्ल्स टाउन्स द्वारा अमर बचाउने पहल

९६ बर्षिय अत्यन्त आदरणिय अन्तर्राष्ट्रिय व्यक्तिव, बरिष्ठ प्राध्यापक चार्ल्स टाउन्सले दार्चुला धारी गा वी स निवासी अमर बमको हृदय बिदारक बिबरण सुने पछि निज अमर निर्दोष भएको विश्वास गर्दै उनीलाई बचाउन पहल गर्नु भएको छ। ईस्लामिक कानुन अनुसार दिबङतका परिवारले माफी दिएमा अमर सजिलै छुट्ने कुरा थाह पाए पछि उहाँले शेट्टिको परिवारलाई सम्बोधन गर्दै अमरलाई बचाउन एक मर्मस्पर्शी अनुरोधपत्र लेख्नु भएको छ। सो पत्र नेपाल विश्व सहयोग संघका सस्थापक एबम अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु तथा सेभ अमर इन्टर्न्यास्नल नेट्वर्कका संयोजक युवराज कार्की अनुरोधमा लेख्नु भएको हो। विभिन्न ख्याती प्राप्त व्यक्तिवहरूलाई संपर्क गर्ने क्रममा उहाँलाई भेट गर्न अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु उहाँकी धर्मपत्नी तथा लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णकी निर्वाचित द्वितिय उपाधक्ष लायन हेमा पनेरु तथा संयोजक युवराज कार्कीले टाउन्सलाई भेटेर अमरको बारेमा बिस्त्रित जानकारी दिंदै  उनीलाई छुटाउन पहल गर्न अनुरोध् गरेको थियो।
१९६४ का नोबेल पुरस्कार बिजेता चार्ल्स टाउन्सले लेजर र मेजर लगायत कैयौं बैज्ञानिक  आबिस्कार गर्नु भएको थियो। टाउन्सले नोबेल पुरस्कारका अतिरिक्त प्रतिष्ठित टेम्लेटन पुरस्कार लगायत थुप्रै पुरस्कार र ३२ बटा मानार्थ विध्या बारिधी पाउनु भएको छ।
दिबङत शरद शेट्टिका आधिकारिक प्रतिनिधिलाई सम्बोधन गर्दै चार्ल्स टाउन्सले भन्नु भएको छ, " मलाइ शेट्टी परिवार प्रति ठुलो सहानुभुति छ। शरद शेट्टीलाई फर्काउन असम्भव छ, तर दिबङत आत्माको शान्तिको लागि एक निर्दोष मानिस सजायमुक्त हुनु पर्छ। म मानवता र सर्वशक्तिमान परमेश्वरको नाउँमा उहाँसँग सम्बन्धित सबैलाई अमरलाई छुटाउन सहयोग गर्न अनुरोध् गर्दछु।“  प्राप्त जानकारी अनुसार टाउन्सले यु ए ई का राष्ट्रपती शेख खलिफा र प्रधान मन्त्री शेख मुहम्मदलाई पनि निर्दोष अमरलाई माफी दिन अनुरोध गर्दै यु एस एक्स्प्रेस मेल मार्फत पत्र पठाइसक्नु भएको छ।


अमर बचाउ अभियानमा तीब्र  प्रगती


नेपाल विश्व सहयोग संघद्वारा ३ महिना पहिला सो संघका अन्तराष्ट्रिय अध्यक्ष युवराज कार्कीको संयोजकत्व गठित अमर बचाउ अन्तराष्ट्रिय सन्जाल (SAVE AMAR INTERNATIONAL NETWORK)  सुरु गरे देखि यता अमर बचाउ अभियानमा तिब्र प्रगती भएको छ। हालै गठित उच्चस्तरीय  अमर बचाउ राष्ट्रिय सवन्वय परिषदले आफ्नो कार्य सुरु गरेको छ। पश्चीम अमेरिका नेपाली महासंघ WANA को अध्यक्ष उमा कार्की थापाको नेतृत्वमा, एन आर एन एन सी सी, यु एस ए, एन ए जी सी, नेपलिज असोसियसन अफ साउथ ईस्ट अमेरिका NASEA, असोसियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका ANMA , आलायन्स अफ नेप्लिज लायन्स क्लबस् लगायत महत्वपुर्ण सस्थाहरू सम्मिलित Save Amar National Coordination Council, USA हालै गठन भएको थियो। अमर बचाउ अभियानका यस्ता राष्ट्रिय समन्वय समिती मध्य यो तेश्रो हो र यो समितीले सो अभियानलाई तात्विक निष्कर्षमा पुर्याउन  महत्वपुर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। 

यसै बीच लामो समय देखि यु ए ई को जेलमा मृत्यु दण्डकोलाई पर्खिरहेका दार्चुला निवाशी अमर बहादुर बमलाई  बचाउन उदार हृदयले चन्दा प्रदान गर्ने व्यक्तित्वहरू सम्मानित भएका छन्। नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुको प्रमूख आतिथ्यमा सम्पन्न एक समारोहमा सेभ अमर राष्ट्रिय सवन्वय परिषदकी सभापती उमा कार्की थापाले डोनेसन सर्टिफिकेटहरू प्रदान गर्नु भयो। सो कार्यक्रममा ए एन एस का अध्यक्ष रविन प्रधान, पशुपति फाउन्डेसन यु एस ए का भक्त थापा, जनसम्पर्क समिति लस अन्जेलसकी अध्यक्ष टीका चौधरी तथा नेपाल अमेरिका एकता समाज, एन आर एन, ए एन एस, नेपाली जन संपर्क समिती, पशुपतिनाथ फाउन्डेशन लगायत सस्थाहरुका उच्च पधादिधाकारीहरू लगायत उल्लेख्य उपस्थिती रहेको थियो।

सो कार्यक्रममा पनेरुले नेपाल विश्व सहयोग संघ तथा  अमर बचाउ अभियान सम्बन्धी प्रकाश पार्दै लस एन्जलस क्षेत्रका क्षेत्रका नेपालिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो।  उपस्थित जिज्ञाशुहरूले राखेको प्रश्नको जबाफ दिंदै पनेरुले भन्नु भयो” हाल सम्मको अनुसन्धानबाट अमरलाई मृत्यु दण्डबाट छुटाउने प्रमुख ३ उपाय हरू छन् : १: उच्च स्तरीय सरकारी पहलबाट अमरलाई आम माफी प्राप्त गर्ने २: हत्या गरिएका शरद शेट्टीको परिवार सँग वार्ता गरि आधिकारिक परिवार सदस्य द्वारा माफी प्राप्त गर्ने। त्यसको लागि मोटो ब्लड मनी को आवश्यक्ता पर्दछ। ३: हालको मुद्दालाई प्रभावकारी वकिल मार्फत उल्ट्याई कानुनी लडाईँ लड्ने। यो उपाय अन्य दुई उपायको तुलनामा कस्टप्रद, महँगो र लामो प्रक्रिया हुने कुरा अमर बचाउ अभियानमा चासो दिने सस्थाहरू र व्यक्ती हरूले आशंका व्यक्त गरे पनि  त्यस सम्बन्धी प्रक्रिया अघि बढी सकेको छ।

सेभ अमर राष्ट्रिय सवन्वय परिषदकी सभापती उमा कार्की थापा, परिषदकै एन ए जी सी प्रतिनिधि पुन्नखर ढकाल ॠषि, तथा नेपाल विश्व सहयोग संघ अमेरिका च्याप्टरका कोषाधक्ष तिलक कार्कीको सक्रियतामा उठेको $ 1274 .00 पनेरुलाई हस्तानन्तरण भएको र सो रकमलाई सम्बन्धित कोषमा जम्मा गर्न एन ए जी एम्बासडर इमर्जेन्सी फण्ड का सभापति पुन्नखर ढकाल ॠषिलाई जिम्बेवारी  दीईएको छ। यो रकम समेत गरी हालसम्म $ 4916.00 यु एस डलर प्राप्त भै सकेको र थप रकमहरू प्राप्त हुने क्रममा छन्।  स्मरण रहोस्, नेपाल विश्व सहयोग संघले लामो समय सम्म संयुक्त अरब इमिरेट्सको दुबई जेलमा मृत्यु दण्डको प्रतिक्षा गरिरहेका निर्दोष नेपाली नागरिक अमर बहादुर बमलाई बचाउने अभियानलाई नयाँ उचाइमा पुर्याउन बिशेष पहल गरेको  थियो। यो निकायको अनुरोधमा निज अमर बमको कानुनी उपचार तथा परिवारलाई तात्कालिन राहत दिने उद्देश्यले चन्दा उठाउन सुरु गरेको हो। 

अमरका पीडित परिवारलाई तात्कालिन सहयोग पुर्याउन रु पचास हजारको सहयोग गर्ने घोषणा गरे अनुरुप धनगढीमा रहेका अन्तरराष्ट्रिय उपाधक्ष तथा नेट्वर्कका कार्यकारी निर्देशक  राजेन्द्र देवकोटा पिडित अमरका परिवारलाई दार्चुला धारी गा बी स गएर भेट्नु भएको छ। त्यसका साथै दार्चुलाको सदरमुकाम खलङामा एक बिशेष समारोह बीच दार्चुलाका प्रमुख जिल्ला अधिकारीको हात बाट रु ५०,००० हस्तानन्तरण भैसकेको छ। समरण रहोस् यो परिवारलाई तात्कालिन राहत स्वरुप  एउटा सानो रकम मात्र हस्तानन्तरण गरिएको हो। उठेको चन्दाको प्रमुख अंश अमरलाई मृत्यु दण्डबाट छुटाउन खर्च गरिने छ। सानो अंश अन्तरराष्ट्रिय रुपमा जनदवाव श्रीजना गर्ने कठिन अभियानमा खर्च हुने बोर्डको निर्णय अनुसार हुने कुरा नेपाल विस्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपालि पनेरुले बताउनु भएको छ।

अमर  बचाउ अभियानलाई थप बल प्रदान गर्ने उद्देश्यले प्रत्यक्ष हस्ताक्षर अभियान सुरु भएको छ र बिधुतिय हस्ताक्षर पनि सुरु भई संसारभरीका नेपाली र बिदेशि नागरिकहरूले समेत हस्ताक्षर दीई रहेका छन्। दस हजार हस्ताक्षरको लक्ष राखिएकोमा हाल सम्म एक हजार एक सय भन्दा बढी (over 1200)  हस्ताक्षर प्राप्त भैइसकेको छ।  हालै अमर बहादुर बमका पिता कर्ण बहादुर बम संलग्न नेपाल विश्व सहयोग संघका अन्तर राष्ट्रिय उपाधक्ष राजेन्द्र देवकोटा, यु ए ई मा कार्यरत नेपाली समाजका अधक्ष कृष्ण ढकाल तथा प्रवासी नेपाली सवन्वय समितीका अधक्ष महेन्द्र पाण्डेको संयुक्त प्रतिनिधि मण्डलले नेपालका प्रधान मन्त्री डा बाबुराम भट्टराइ लाई भेटेर प्रधानमन्त्री स्वयम् यु ए ई भ्रमणमा गएर कुट्नैतिक पहल गर्न अनुरोध गरेको र प्रधानमन्त्रीले पनि यु ए ई भ्रमण गरेर अमरको ज्यान बचाउने पहल गर्ने कुरा आश्वासन दिएको कुरा प्रतिनिधि मण्डलले जानकारी दिएको छ।