MORE NEWS BY HAMRO SAMAJ OUR MEDIA PARTNER
Proposal of Global Federation of the Nepalse by NAGC
NAGC Dashain Greetings
NAGC Chapter Directives declared
NAGC organizes Memorial Service for Late Koirala
NAGC honores the authors of GOD WIFE
रमझम हिमालि साँझ भव्यताकासाथ सम्पन्न
क्यालिफोर्निया सम्वाददाता मे २४, २००९ नेपाल विस्व सहयोग संघको आयोजना मरमझम हिमालि साँझ अमेरिकाको मेमोरियलदिवसको उपलक्ष्यमा क्यालिफोर्निया ओकल्याण्ड स्थित लेनी कलेजको हलमा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल विस्व सहयोग संघ अमेरिकाको क्यालिफोर्निया मा स्थापना भएको विस्वव्यापी नेपालीहरुको संस्था हो । नेपालीहरुको जनसङख्या बितरणको आधारमा विस्वलाई आठ च्याप्टर मा बिभाजन् गरी कार्यक्रमको सन्चालन गरिरहेको यो संस्था नेपाल दक्षिणण एसिया मध्यपुर्व अफ्रिका र अमेरिकामा सकृय रहेको छ । रमझम हिमालि साँझ को मध्यमबाट विस्व समुदायलाई नेपाली एकता भाईचारा र सहयोगको सन्देश दिने सो सस्थाका संस्थापक अध्यक्ष मनी पनेरु नेपालीले बताउनु भयो।
कार्यक्रम निधार्रित समयभन्दा केहि ढिलो भएतापनि हल दर्शकहरुले भरिएका थिए भने कार्यक्रमको सुरुवात संस्थाकै उपाध्यक्ष विनोद भटटले स्वागत तथा कार्यक्रम संचालक हरिहर दाहाललाई कार्यक्रम हस्तान्तरन गरेर सन्चालन गरिएको थियो ।
नेपाल तथा अमेरिकाका सहिदहरुलाई सम्झदै एक मिनट मौन धारन गरेर कार्यक्रमको थालनी गरिएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक राजेन थापा ए एन ए २००९ का कन्भेनर गोविन्द शाही दोस्रो विश्व युद्धका भेटरेन डा जीम हुगस संस्थाकै अजय देव अनुप श्रीवास्तव लगायतका व्यक्तिहरुले आआफनो मन्तव्य दिनुभएको थियो ।
अन्तरराष्ट्रिय संगीत महोत्सवमा स्वर्न पदक बिजेता र धेरै पुरस्कार र सम्मान प्राप्त उत्कृष्ट नेपाली गायिका सपना श्री को प्रत्यक्ष गायन तथा कार्यक्रममा उत्तर क्यलिफोनिर्याका सर्वोत्कृष्ट कलाकारहरुले आफनो मनमोहक कला प्रदर्शन गरेका थिए ।
कार्यक्रमको प्रमुख आर्कषण क्यालिफोनिर्याकै नेपाली ईतिहासमा पहिलो पटक सिने नाटक कसम सगरमाथाकॊ नाटक निर्देशक मदरल्याण्ड नेपालका अध्यÔ तथा सुप्रशिद्ध लेखक तथा समाजसेवी अनिल पाण्डेले नाटकको बारेमा जानकारी गराउदै प्रदर्शन गरिएको थियो । ।
नाटकमा नबिन अधिकारी, खुश्बु न्यौपाने, अशोक गौतम, हरिहर दाहाल, पृथ्वी राज उप्रेती, मनी नेपाली पनेरु तथा स्थानिय एक दर्जन भन्दा धेरै कालकारहरुले अभिनय गरेका थिए । नाटकको महत्वपूण भागको रुपमा राष्ट्रिय भावनाले ओत्प्रोत २ वटा नाचहरुकॊ नृत्य निर्देशक संगिता शर्माले गरेकी हुन् । संगिता शर्मा नेपाल एकेडेमिकी प्रसिद्ध कलाकारहुन जसले मालती मंगले जस्ता धेरै सफल प्रस्तुतिहरुमा महत्वपूणु भूमिका निर्बाह गरेकिछिन।
कार्यक्रमलाई दुई भागमा विभाजन गरिएतापनि सपना श्रीले दुवै भागमा आफनो गीतहरु प्रस्तुत गरेकि थिईन । कार्यक्रममा उत्कृष्ट नृत्य प्रश्तुत गर्नेहरुमा शृजना श्रेष्ठ सविना ढकाल संगिता सर्मानिकिता भटटसपना महिमा पनेरुसोफियानेहा प्रतिमा स्वरनवि केसी र एउटी सबैभन्दा कम उमेरकी बालिकालेपनि आफनो नाँच प्रश्तुत गरेकी थिईन ।
कार्यक्रममा अध्यक्ष पनेरुले विश्व भरि छरिएर बसेका नेपालीहरुलाई एक हुने आहवान गर्दै नेपाल विस्व सहयोग संघ मार्फत सो एकताको सन्देश दिनपाएकोमा यस क्यलिफोनिर्याका सम्पूणु संघ संस्था एवम व्यक्तिहरुमा आभार व्यक्त गरेकाछन् । वहाले आफनो मन्तव्यमा भनेकाछन् हामी विश्वभरका नेपालीहरुलाई साझi उद्देश्य राष्ट्रियता सर्वभौमिकता स्वाभिमान समावेशी प्रजातन्त्र र सामाजिक न्यायको आधारमा एक हुन आह्वान गर्दछौं । नेपालीहरु नेपालका मित्रहरु र नेपालप्रति सकारात्मक चासो राख्नेहरुबीचमा एकता पहिचान र संस्कृतिको संरण संरण र सम्र्बद्र्धन गर्न चाहान्छौं।
साथै यस संस्थालाई जन्माउन र विश्व सामु लैजान सहयोग गर्ने व्यक्ति संस्थापकहरु संरक्षकहरु सल्लाहकारहरु तथा मिडियाहरुलाई सम्मान तथा प्रमान पत्रहरु संस्थाले प्रदान गरेको छ ।
समयको अभावले कार्यक्रमको अन्तमा डिजे डान्स समेतको कार्यक्रम तालिका भएतापनि सपना श्रीका गीतहरुसितै कार्यक्रम सम्पन्न भएको थियो ।
टेक्ससको डलासमा नेपाली चार्टर स्कूल खोल्ने प्रस्ताव
प्रबक्ता, नेपाल विस्व सहयोग संघ (NAGC)
हरिहर दाहाल
बर्कले अन्नपूर्ण लाएन्स क्लबका मणी नेपाली पनेरुले टेक्सास्को डलास्मा एउटा नेपाली चार्टर स्कूल खोल्ने प्रस्ताव राख् नु भएको छ। पनेरु अमेरिकाको पहिलो नेपाली लाएन्स क्लव डलास एभरेस्ट लाएन्स क्लवका अध्यक्ष शसी भट्टराईको निमन्त्रणामा सद्भावना भ्रमणमा डलास पुग्नु भएको हो। उहाले अमेरिकाको दोस्रो नेपाली लाएन्स क्लवको रुपमा स्थापित बर्कले अन्नपूर्ण लाएन्स क्लवको कृयाकलापहरुको बारेमा प्रकाश पार्दै आफ्नो साझेदार क्लव गोर्खा लाएन्स क्लवको सक्रिएतामा बन्न लागेको आँखा अस्पातल बारे पाओर प्वाइन्ट प्रस्तुती गर्नु भयो।
नेपाली नयाँ बर्ष २०६६ को शुभ कामना दिदै टेक्सास्का नेपाली बाल बालिकाहरुको लागि नेपाली भाषा प्याकेज लाएन्स अध्यक्ष भट्टराईलाई प्रदान गर्नु भयो। भट्टराई सो प्याकेज बाल बालिकाहरुलाई पुर्याउन टेक्सस नेपाली समाजका अध्यक्ष राम पोखरेललाई हस्तानान्तरण गर्नु भयो। सो कार्यक्रममा डलास एभरेस्ट लाएन्स क्लबका उपाध्यक्ष कृष्ण लामिछने, बिनिता श्रेष्ठ, सचिब स्वयम्भु शाक्क्य लगाएत समाजका प्रतिष्ठित व्यक्तित्वहरु सर्वश्री मकर बज्राचार्य, राज बहादुर थापा, शिव काफ्ले, खेमरज बास्तोला, सुरज पौडेल र अशोक शर्माको पनि उपस्थिती थियो।
मणी नेपाली पनेरु जो विस्व सहयोग संघको अध्यक्ष पनि हुनुहुन्छ , त्यस संघको अमेरिका च्याप्टर गठन गर्ने क्रममा बिभिन्न राज्यहरुको भ्रमणमा हुनुहुन्छ। वहाँ विस्कनसिन, कन्सास र टेक्सास्को लबक हुँदै डलास पुग्नु भएको हो। सोही भ्रमणको सिल्सिलामा वहाँ आजै न्यु योर्क तर्फ लाग्नु भयो।
NAGC को अमेरिका च्याप्टर गठन हुने
Published by Hamaosamaj on April 26, 2009
नेपाल विस्व सहयोग संघ(NAGC)को अमेरिका च्याप्टर गठन हुने
प्रबक्ता NAGC ,हरिहर दाहाल
क्यालिफोर्निया
नेपाल विस्व सहयोग संघको अमेरिका च्याप्टर गठन हुने भएको छ। सो कुरा सस्थापक अध्यक्ष मणी नेपाली पनेरुले हिजो अप्रिल २६ मा बाल्टिमोरमा सम्पन्न भव्य शुभकामना साझ्मा शुभकामना व्यक्त गर्दै बताउनु भएको हो।बानाको नयाँ कार्य समितिको आयोजनामा सम्पन्न भएको सो सुखद घडीमा अन्दाजी ३०० जनाको उपस्थितिमा अतिथिको आसनबाट बोल्दै अध्यक्ष पनेरुले विश्वभरका सम्पूर्ण नेपालीहरुलाई एक हुन अव्हान गर्नु भयो। पनेरुले भन्नु भयो “हामी विस्वभरमा रहेका स्थानिय संघ सस्थाहरुसँग हातेमालो गर्न चाहन्छौ। हाम्रा साझा समस्या र मुद्दाहरुमा सहकार्य गर्न चाहन्छौ। यसै सन्दर्भमा अमेरिकाको बिभिन्न राज्यहरुमा बस्ने प्रिय बाल बालिकाहरुको लागि नेपाली भाषा प्याकेज नयाँ बर्षको उपहारको रुपमा दिन पाएकोमा हामीलाई धेरै खुशी छ। आफ्नो अत्यन्त व्यस्त समयको बाबुजुध देश प्रेम र समाजको सेवामा जुन भाव आदर्णीय साथीहरुले देखाउनु भयो, यो अत्यन्त उत्साहजनक एवम प्रशसनीय छ। नेपाल विस्व सहयोग संघको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दछु”।
सो अवसरमा पनेरुले बाल्टिमोर र वरपर बस्ने नेपाली बाल बलिकाको लागि नयाँ बर्षको उपहारको रूपमा नेपाली भाषा र संस्कृतिको प्याकेज बानाको रबिना थापालाई प्रदान गर्नु भयो। सो कार्यक्रममा नेपाल सरकारका बन तथा भुसर्क्षण मन्त्री किरण गुरुङ, नेपालको लागि सयुक्त राष्ट्र संघका प्रतिनिधि डा. काली प्रसाद पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य दिनेश चन्द्र देबकोटा लगएत सुप्रसिद्द पत्रकारहरु, कलाकारहरु र महत्वपूर्ण ब्यक्तित्वहरुको उपस्थिती थियो।
यसै कार्यक्रमाका साथ नेपाल विस्व सहयोग संघका मणी नेपाली पनेरुको सद्भावना भ्रमण सम्पन्न भएको छ। पनेरुले यो भ्रमणलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगि सज्जनहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ।
पनेरुले भन्नु भयो “यो भ्रमण लाई सफलता दिलाउने श्रेय नेपाल विश्वा सहयोग संघ परिवार, हेमा पनेरु, पत्रकार मित्रहरु र भ्रमणमा साथ दिने सबैलाई हृदय देखी नै हार्दिक क्रितज्ञता साथ धन्यवाद दिन्छु। यस्मा बिशेष गरेर बाबुराम काफ्ले, निर्मला पनेरु, होम नाथ पनेरु, आनन्द बिष्ट, बिस्वबन्धु प्रसाइ, राजन पन्त र गौतम दाहालको अतुलनिय सहयोग रहेको छ। यो सस्थाका ग्लोबल अडभाईजर निजानन्द मल्ल, महेश ध्वज कार्की तथा राम हरी सुबेदिको योगदान ऐतिहासिक एबम अबिश्मरणिय रहेको छ।