सपना बस्ती परियोजना एस्तो एक गुरु योजना हो जसले पाच बर्ष भित्र सो बस्तीको कायापलट हुने लक्ष राख्दछ। यो नेपालको कुनै गा बी स को कुनै एक वडा लाई मात्र लिएर आफ्नो पहिलो सफल प्रयोग पस्चात सो दौरानमा कमाइएका अनुभवहरुको आधारमा यो योजनाको सुधार तथा बिस्तार हुनेछ।
पुर्वाधार तथा प्रारम्भिक प्रावधानहरु
१. बस्तीको छनोट उपलब्ध निवेदनहरुको गाउँको एकता, साधन श्रोत, तथा अन्य पुर्वाधार हरुलाई मध्यनजर राखी गरिने छ।
२. यो परियोजना एक ब्रिहत सहकारी कम्पनी हो जसमा बस्तिमा निवास गर्ने गाउँलेहरु तथा देश् बिदेश्मा रहने अन्य लगानिकर्ताहरुको शेअर रहने छ।
३.गाउँले हरुको शेअर निजको जग्गा जमिन र अन्य चलअचल सम्पत्तिको आधारमा तय गरिने छ।
४.भित्र र बाहिर बाट लगानी गरिएको पहिलो एकमुस्ठ रकम नै सुरु लगानी मानिने छ र शेअरहरु सोही अनुसार बितरण हुनेछ।
५.सम्पुर्ण गाउँलेहरु तथा अन्य लगानिकर्ताहरुले सपना बस्ती परियोजना कम्पनि सङ्ग सहमतिपत्रमा हस्ताक्षर गर्न पर्नेछ र कम्पनीले दिएको निर्देशानुसार गर्न पर्नेछ।
६.सो परियोजना अन्तर्गत पर्ने सम्पुर्ण व्यक्तीहरुको गास बास र लत्ता कपडाको व्यबस्था कम्पनीले सुपथ मुल्यमा गर्नेछ।
७.सो गाउमा रहने व्यक्तीहरुले सामुहिक भान्छमा पनि सुपथ मुल्यमा खाना खान सक्ने छन्।
८.सो गाउमा शिशु स्याहार केन्द्र पनि उपलब्ध हुनेछ जस्को लागि सम्बन्धित बाबु आमा सँग केही शुल्क लिएने छ।
९.सामुहिक स्वामित्वमा रहेको सो कम्पनीको हाता भित्र पस्न अनुमतीको आवस्यक्ता छ। कम्पनीको कुनै व्यक्तीले कसैलाई भेट्न चाहेमा सो व्यक्तीको समुचित बिबरण दिएर अनुमती लिन पर्छ। यो प्रक्रिया कम्पनीको सुरक्षाको द्रिष्टिकोणबाट गरिएको हो।
१०.पाँच बर्ष पस्चात कुनै पनि सदश्य कम्पनी बाहिर हुन चाहेमा प्रक्रिया पुर्याएर हुनसक्नेछ। छोड्ने व्यक्तीलाई कम्पनीको मुनाफा र उस्को लगानी हेरेर शेअर फिर्ता दीइएने छ।